खोरीबारी: लागुऔषध ओसारपसारका दुई छुट्टाछुट्टै घटनामा तीन लागूऔषध कारोबारी पक्राउ परेका छन्। खोरीबारी पुलिस थानाले आइतबार खोरीबारीको गौरसिंह जोत क्षेत्रका दुई फरक स्थानबाट लागुऔषध कारोबारमा संलग्न एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मीसिंह राय (३६), बचन सिंह (३०) र तपन बर्मन (३२) रहेका छन्। तीनै जना गौरसिंह क्षेत्रका बासिन्दा हुन्। स्मरण रहोस्, एसएसबीले केही दिनअघि पानीट्याङ्की क्षेत्रबाट एक महिलालाई पक्राउ गरी सोधपुछ गर्दा तीनजना लागुऔषध कारोबारीको नाम बाहिर आएको थियो। त्यसपछि खोरीबारी थानाको पुलिसले अपरेशन गरी उक्त तीन जनालाई पक्राउ गरेको थियो। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।