अडानी वान र आईसीआईसीआई ब्यांकद्वारा एयरपोर्ट लाभहरूसहित भारतको पहिलो क्रेडिट कार्ड शुभारम्भ

IMG-20240603-WA0225

कोलकाता: अदानी वान र आईसीआईसीआई ब्यांकले भिसासँगको सहकार्यमा आज भारतको पहिलो सह-ब्रान्डेड क्रेडिट कार्डलाई एयरपोर्ट-लिङ्क्ड फाइदाहरूसहितको शुरुवात गरेको एक प्रेस विज्ञप्ति जारी गरेर बताएको छ। विज्ञप्तिका अनुसार, ‘यो कार्ड दुई संस्करणहरूमा उपलब्ध हुनेछ- अदानी वान आईसीआईसीआई ब्यांक सिग्नेचर क्रेडिट कार्ड अनि अदानी वान आईसीआईसीआई ब्यांक प्लेटिनम क्रेडिट कार्ड। यी कार्डहरूले एक व्यापक र पर्याप्त पुरस्कार कार्यक्रम प्रस्ताव गर्दछ। यो कार्ड कार्डधारकहरूको जीवानशैलीमा सुधार गर्न र तिनीहरूको एयरपोर्ट र यात्राको अनुभव वृद्धि गर्न डिजाइन गरिएका धेरै फाइदाहरूका साथ आउँछ। यी कार्डहरू अदानी समूहको उपभोक्ता इको-सिस्टम जस्तै अदानी वान एपसँग जोडिएका छन्, जहाँ उडानहरू, होटलहरू, रेलहरू, बसहरू र क्याबहरू बुक गर्न सकिन्छ, अदानीद्वारा व्यवस्थित एयरपोर्टहरू; अदानी सीएनजी पम्प, अदानीले बिजुली बिल र अनलाइन ट्रेन बुकिङ प्लेटफर्म ट्रेनम्यान मार्फत खर्च गर्दा ७ प्रतिशतसम्म अदानी रिवार्ड पोइन्टहरू प्रदान गर्दछ। चाखलाग्दो कुरा के छ भने, पुरस्कारहरूमा कुनै सीमा छैन।‘

कार्डले नि:शुल्क हवाई टिकट र एयरपोर्ट विशेषाधिकारहरू जस्तै प्रिमियम लाउन्ज पहुँच, प्रणाम मिट एण्ड ग्रीट, पोर्टर, भ्यालेट र प्रिमियम कार पार्किङ जस्ता स्वागत लाभहरू समेत प्रदान गर्ने प्रेस विज्ञप्तिमा बताएको छ। कार्ड प्रयोगकर्ताहरूले ड्युटी फ्री आउटलेटहरूमा किनमेलमा छुटहरू र एयरपोर्टहरूमा एफ एण्ड बी खर्चहरू, किराना सामानहरू, उपयोगिताहरू र अन्तर्राष्ट्रिय खर्चहरूमा नि:शुल्क चलचित्र टिकटहरू र अदानी रिवार्ड्स पोइन्टहरू जस्ता सुविधाहरूको पनि आनन्द लिनसक्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

अदानी समूहका अध्यक्ष गौतम अदानीले भने, ‘आईसीआईसीआई ब्यांक र भिसासँगको यो अनौठो र महत्त्वपूर्ण साझेदारीले ग्राहकको अनुभव अभिवृद्धि गर्न नयाँ मानक स्थापित गर्नेछ। यो सहकार्यले नवप्रवर्तन र उत्कृष्टताप्रति हाम्रो दायित्वलाई पनि झल्काउँछ। अदानी वान आईसीआईसीआई ब्यांक क्रेडिट कार्डले सिमलेस डिजिटल इको सिस्टमको संसारलाई अझ बढाउँछ।‘ आईसीआईसीआई ब्यांकका कार्यकारी निर्देशक राकेश झाले भने, ‘हामी विश्वास गर्छौं कि हाम्रा ग्राहकहरूको समग्र आवश्यकतालाई ध्यानमा राखी हाम्रा डिजिटल उत्पादनहरू र प्रशोधनमा सुधार गरेर हामीले हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवाहरू प्रदान गर्न मात्र सक्षम छैनौं। यो शुभारम्भ मार्फत हामी हाम्रा ग्राहकहरूलाई अदानी समूहको उपभोक्ता इको प्रणालीमा पुरस्कार र फाइदाहरू प्रदान गर्न र ब्यांकको क्रेडिट कार्ड पोर्टफोलियोलाई सुदृढ पार्न चाहन्छौं।‘ अदानी समूह र आईसीआईसीआई ब्यांकलाई शुभारम्भमा बधाई दिँदै, भिसा इण्डिया र साउथ एसियाका ग्रुप कन्ट्री म्यानेज सन्दीप घोषले भने, ‘हामी यी रोमाञ्चक सह-ब्रान्डेड क्रेडिट कार्डहरू लन्च गर्न अदानी समूह र आईसीआईसीआई ब्यांकसँग साझेदारी गर्न पाउँदा खुशी छौंl यी कार्डहरूले भिसाको विश्वसनीय नेटवर्क र विश्वव्यापी स्वीकृतिको फाइदा उठाउँछन्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement