नर कंकालले भारिएकाे झोला

1200-675-21626359-thumbnail-16x9-skeleton-aspera.jpg

काेलकाता: बागुईआटीको जर्दा बगान क्षेत्रमा सोमवार बिहान नर कंकाल भेटिएपछि सनसनी फैलियो। सूत्रहरू अनुसार, स्थानीय मानिसहरूले एउटा परित्यक्त घरको फोहोरमा संदिग्ध झोला देखे।

उक्त झोला खोलेर हेर्दा खोपड़ी र हड्डीहरू देखेपछि बागुईआटी थानाको पुलिसलाई सूचना दिए। झोलामा कंकाल भेटिएको खबरपछि क्ष्ज्ञेत्रमा सनसनी फैलियो। पुलिसले यस सन्दर्भमा जॉंच गरिरहेको छ।

उल्लखेनीय छ, हालमा उपचारको निम्ति कोलकाता आएका बांग्लादेशका सांसद अनवारुल अजीमको हत्या गरिएको थियो। यस घटनामा पक्रा परेका मानिसहरूसॅंग पुलिसले गरेको सोधपुछमा उनको हत्यापछि शव ८० टुक्रा गरेर भिन्न भिन्नै ठाउॅंमा फ्याकेको खुलासा भएको छ। शवको कुनै पनि भाग अहिलेसम्म भेटिएको छैन। सोमवार बागुईआटीमा कंकाल भेटिएपछि यसको हत्याकाण्डसॅंग कुनै सम्बन्ध छ अथवा छैन, यसको जॉंच शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement