दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा अन्तर हाउस हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

IMG-20240603-WA0242.jpg

सोनादा: दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा अन्तर हाउस हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रम सह शिक्षक दिपेस देवानको स्वागत भाषण साथै विद्यालय सञ्चालन समितिका सचिव दावा साङे बम्जनको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त दिनको मुख्य अतिथिको रूपमा सन्त मेरिज एकको पञ्चायत प्रधान रोशनहाङ सुब्बा उपस्थित रहेका थिए। माता सरस्वतीको चरणकमल अघि दिप प्रज्वलनपछि कार्यक्रम्को शुरूवात गरियो । यस अन्तर हाउस हाजिरी जवाफ प्रतियोगिताको क्विज मास्टर विद्यालयका वरिष्ठ सह शिक्षक सुमन गजमेरद्वारा सञ्चालन गरेका थिए भने स्कोर किपरमा सह शिक्षक राजु थापा अनि सह शिक्षक प्रेमकुमार छेत्री साथै टाइम किपरमा सह शिक्षक बिनय तामङ उपस्थित थिए। उक्त कार्यक्रम पनि अघिल्लो कार्यक्रम झै दुई चरणमा जुनियर (पाचौं कक्षादेखि सातौं कक्षा) र सिनियर (आठौं कक्षादेखि दशौं कक्षा) मा विभाजन गरिएको थियो अनि चारवटा राउण्ड जसमा पहिले राउण्ड -एकाडेमिक तथा शैक्षिक राउन्ड, दोस्रो – राउण्ड मिक्स ब्याग राउण्ड , तेस्रो राउण्ड – भिजुअल राउण्ड अनि चौथो राउण्ड बर्जर राउण्ड गरी चार राउण्ड राखिएको थियो। उक्त अन्तर हाउस हाजिरी जवाफ प्रतियोगिताका पहिलो चरणको जुनियर खण्डबाट कुल १६० अंक प्राप्त गरी इन्द्रेणी थापा (निलो) हाउस प्रथम, १२० अंक प्राप्त गरी कप्तान रामसिंह ठकुरी (हरियो) हाउस दोस्रो अनि ७० अंक प्राप्त गरि मेजर दुर्गा मल्ल (रातो) हाउस तेस्रो स्थान ओगट्नु सफल बने। त्यसरी नै बेस्ट क्विजरको खिताब यस सिन्चुरीले प्राप्त गर्न सफल बने। यसरी नै सिनियर खण्डमा १८० अंक प्राप्त गरी रामसिह ठकुरी हाउस प्रथम, ७५ अंक प्राप्त गरी इन्द्रेणी थापा हाउस दोस्रो अनि ५० अंक प्राप्त गरेर मेजर दुर्गा मल्ल हाउस तेस्रो बने भने बेस्ट क्विजरको खिताब प्रभात थापालेल प्राप्त गर्न सफल बने। अन्तमा आजका मुख्य अतिथिद्वारा आफ्नो दुई शब्द राख्दै आजको बिद्यालयद्वारा आयोजित यो दुई दिने कार्यक्रम एकदमै असल अनि नानिहरुलाई अहिलेका समय बमोजिम उचित प्रयास हुन भन्दै यस सफल आयोजनले गर्दा हाम्रो बिपन्न परिवारवाट शिक्षा आर्जन गर्न आएको हाम्रो नानीहरूलाई आफ्नोभित्र रहेको कलाहरु देखाउने अनि आफुलाई तिखार्ने अवसर विद्यालयको तर्फबाट प्रदान गरेकोमा विद्यालयलाई धन्यवाद पनि चढाए। यसको साथै आफू पनि यसै विद्यालयको भूतपूर्व छात्र रहेर आएको अनि आफू पनि यस्तै परिवारबाट संघर्ष गरी आएको हुनाले गर्दा आफुले सक्ने सक्दो सहायता यी नानीहरूलाई गर्ने वचन दिए। अन्त्यमा विद्यालयका प्रधान अध्यापक अनिल शर्माद्वारा यो दुई दिवसीय कार्यक्रम अत्यन्त असल ढंगमा सफल बनाएको बिद्यालयका शिक्षण अनि अशिक्षण अनि बिद्यार्थी गण सबैलाई धन्यवाद चडाए। अनि आउने दिनहरुमा पनि बिद्यालयबाट यस्तै कार्यक्रम हरु आयोजना गरि रहने छन भनी कार्यक्रमलाई सफलीभूत तुल्याएकोमा सम्पुर्ण विद्यालय परिवारलाई धन्यवाद दिदै कार्यक्रम अन्त्य गरियो।

About Author

Advertisement