सिलगढी: सुनसान ठाउँमा लगेर घाँटीमा ब्लेडले हानेर लुटेको घटना प्रधान नगर पुलिस थाना अन्तर्गत मार्गरेट स्कुल पछाडिको सुनसान स्थानमा भएको छ। आज दिउँसो विश्वदीप सिनेमा हल अगाडि मार्गरेट स्कुल जानको लागि टोटोमा यात्रु बनाएर तीन जना बसेको जानकारी प्राप्त भएको छ। टोटो मार्गरेटको स्कूल पछाडिको सुनसान सडकमा पुग्ने बित्तिकै ती तीनै जनाले टोटो चालकको घाँटीमा ब्लेड हानेर समात्छन्।यसपछि चालकले आवाज उठाएपछि मानिसहरु घटनास्थलमा पुगेपछि दुईजना लुटेरा भागेका थिए तर एकजना अपहरणकारीलाई जनताले समातेर पोलमा बाँधेर घटनाबारे प्रधाननगर पुलिस थानालाई खबर गरेका थिए। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर अभियुक्तलाई पक्राउ गरी पुलिस थानामा लगेको थियो। यस विषयमा प्रधाननगर पुलिस थानाले अनुसन्धान गरिरहेको छ।