सिलगढी: सिलगढी महाक्मा परिषद् फाँसीदेवा क्षेत्रको सियाभितामा रुखको खोरमा अज्ञात जनावर फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। दिउँसो स्थानीयवासीले चितुवाको रुपमा जनावर देखेपछि आत्तिएको बताइएको छ। घटनाको जानकारी पाएपछि वन विभागका कर्मचारी घटनास्थलमा पुगेका थिए। पछि बासिन्दाहरूलाई सुरक्षित दूरीमा सारिएको थियो।

वन विभाग स्रोतका अनुसार अज्ञात जनावर वन बिरालो हो। तर, चितुवाको डरले सो क्षेत्रमा खोर राखिएको बताइएको छ।