सिलगढीमा एउटा होटल नजिकै कुटपिटको घटनामा चार जना पक्राउ

IMG-20240603-WA0189

सिलगढी: सिलगढीको सेवक रोडमा रहेको एउटा होटल नजिकै झगडाको घटनाका कारण भारी तनाव देखियो। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लियो। राज छेत्री उर्फ बन्टा  र अन्य सात आठ जनाले शुभम मण्डल र उनका आफन्तलाई बियरको खाली बोतलले हमला गरेको आरोप छ। यसबाट उनी गम्भीर घाइते भएका छन्। उनलाई अस्पताल लगियो। आरोपी मारुती ओम्नी भ्यानमा आएका थिए। घाइते सुभमको टाउकोमा धेरै सिलाई परेको छ भने अर्कातर्फ एउटी युवतीले पनि आरोपितमाथि जबरजस्ती दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। पुलिसले छापा मारेर राज छेत्री उर्फ बन्टा र अन्य तीन जनालाई पक्राउ गर्न सफल भएको छ। उनलाई आज एलडी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement