इटहरीमा दुर्घटना हुँदा कानेपोखरीका गौतमको मृत्यु

IMG-20240603-WA0186.jpg

बिराटनगर: सुनसरीको इटहरीमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। इटहरी- १ आँपगाछीस्थित रविबार राति ७ः२५ बजेतिर दुर्घटना भएको हो ।इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट ‘रङ’ साइड प्रयोग गरी जाँदै गरेको को १ प ७४९ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक मोरङको कानेपोखरी १ बस्ने ४४ वर्षीय डेगराज गौतमको मृत्यु भएको इटहरी पुलिसले पुष्टि गरेको छ। गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको पुलिसको भनाइ छ। कार चालक उदयपुरको त्रियुगा ३ बस्ने ४१ वर्षीय रमेश निरौलालाई इलाका पुलिस कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement