सिलगढी ब्वाइज स्कूलका माध्यमिक र उच्च माध्यमिकका उत्कृष्ट विद्यार्थीहरू सम्मानित

IMG-20240603-WA0175

सिलगढी: माध्यमिक र उच्च माध्यमिक परीक्षामा सिलगढी ब्वाइज स्कूलका सफल विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापनद्वारा आज सम्मान गरिएको छ। सो अवसरमा विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापनका अनुसार, हरेक वर्ष झैं यस वर्ष पनि यस विद्यालयका विद्यार्थीले माध्यमिक र उच्च माध्यमिक परीक्षामा राम्रो परिणाम ल्याउन सफल भएका छन्। कार्यक्रममा सिलगढी मेयर गौतम देव र शहरका अन्य शिक्षाविद्हरू सहभागी थिए। आफ्नो सम्बोधनमा उनले भने, ‘सिलगढी ब्वाइज स्कूलले शहरका धेरै प्रतिभाशाली विद्यार्थीहरू उत्पादन गरेको छ। जसले विभिन्न क्षेत्रमा आफ्नो उपलब्धि हासिल गरेर देश र समाजको गौरव ल्याएका छन्।‘ उनले आगामी दिनमा सिलगढी ब्वाइज स्कुलको सर्वाङ्गीण विकासको कामना गर्दै यस कार्यमा निगमबाट सक्दो सहयोग गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement