हात्तीको बथानद्वारा खेतमा लगाएको धानबाली नष्ट, किसान चिन्तित

IMG-20240603-WA0168

अलिपुरद्वार: जिल्लाको फलकाटा ब्लकमा हात्तीको आक्रमण बढ्दै गएको छ। खानेकुराको खोजीमा हात्तीको समूहले धानबारीमा लगातार आक्रमण गरिरहेको छ। यसबाट किसान चिन्तित छन्। फालाकाटा ब्लकको जटेश्वर नम्बर १ ग्राम पञ्चायतको दलगाउँ बस्तीमा हात्तीको समूहले अचानक आक्रमण गरेको हो। आइतबार राति ३० देखि ३५ हात्तीको समूहले उक्त क्षेत्रमा प्रवेश गरी करिब दश बिघा धानबारी नष्ट गरेको बताइए पनि स्थानीयको चिच्याएर हात्ती जंगलमा फर्किएको हो। यस क्षेत्रमा हात्तीको आक्रमण रोक्न वन विभागले आवश्यक पहल गर्न स्थानीयले माग गरेका छन्। वन विभागले आवश्यक पहल गर्ने आश्वासन दिएको छ। यसैबीच, खबर पाएलगत्तै जटेश्वर नम्बर १ ग्राम पञ्चायतका अध्यक्ष मुस्तफा अली र जटेश्वर नम्बर १ क्षेत्र तृणमूल कांग्रेसका अध्यक्ष पंकजकुमार राय सोमबार बिहान घटनास्थल पुगेका थिए। उनले पीडितको साथमा रहने आश्वासन दिए। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement