जलपाईगढीमा एटोटो चालकले दिए इमानदारीको उदाहरण

IMG-20240603-WA0146

जलपाईगढी: जलपाईगढीका एक टोटो चालकले इमानदारीको उदाहरण प्रस्तुत गरेका छन्। टोटो चालकले पैसा, गरगहना, एटीएम कार्ड र महत्त्वपूर्ण कागजातहरूले भरिएको झोला भेटिएपछि बिना लोभ जलपाईगढी कोतवाली थानाको पुलिसलाई बुझाएl अरूको सामानमा कहिल्यै लोभ गर्नु हुँदैन भन्ने समाजलाई उनले सन्देश दिएका छन्। जलपाईगढीको इन्जिनियरिङ कलेज नजिकैको इलाकाका टोटो चालक गौराङ रायले आइतबार राति जलपाईगढीमा टोटो चलाउँदा पैसाले भरिएको झोला फेला पारेको जानकारी आएको छ।

झोलामा नगद, सुनका गरगहना, एटीएम कार्ड र परिचयपत्र थियो। टोटो चालक गौराङ रोय आइतबार राति कोतवाली पुलिस चौकीमा पैसाले भरिएको झोला लिएर यसको वास्तविक मालिकलाई पुर्‍याउन पुगेका थिए। पैसाको झोला कोतवाली थानाका आईसी सञ्जय दत्तलाई बुझाइएको छ। उनले बाल्यकालमा ‘पेरेर धन नही लोबे, चिरदिन सुखे रबे’ भन्ने किताब पढेको बताए। ‘अर्थात् कुनै अपरिचितको पैसा नलिँदा जीवनभर सुखी रहन सकिन्छ, त्यसैले मलाई जनताको पैसाको लोभ छैन’, उनले भने। अर्कोतर्फ, जलपाईगढी कोतवाली थानाका आईसी सञ्जय दत्तले भने, ‘गौराङले आइतबार राति कसैको पैसाले भरिएको झोला फिर्ता गरेका छन्, म उनलाई बधाई दिन्छु। समाजका हरेक नागरिकले समान इमान्दारिता देखाउनुपर्छ। सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement