लोकसभा चुनाव २०२४: भोलि उत्तर बंगाल विश्वविद्यालयको जलपाईगढी क्याम्पसमा मतगणना हुने

IMG-20240603-WA0141

जलपाईगढी: एक्जिट पोल पछि, अब सबैको नजर मत गणनामा छ। लोकसभा चुनावको मतगणना भोलि हुँदैछ। उत्तर बंगाल विश्वविद्यालयको जलपाईगढी क्याम्पसको स्ट्रङ्ग रुम सीसीटीभी क्यामेराले घेरिएको छ। सुरक्षाका लागि केन्द्रीय बल र प्रदेश पुलिस परिचालन गरिएको छ। जलपाईगढीमा भोलि हुने मतगणनाको तयारी तीब्र रुपमा भइरहेको छ। समय समयमा पर्यवेक्षक, जिल्ला अधिकारी र पुलिस उपरीक्षक पनि स्ट्रङ्ग रुममा आउने गरेका छन्। जलपाईगढी लोकसभा अन्तर्गत ७ विधानसभा क्षेत्रहरू छन्। तिनीहरूको नाम डबग्राम-फुलबारी, राजगंज, जलपाईगढी सदर, मेखलीगंज, मैनागुरी, धुपगढी र माल हो। मतगणना उत्तर बंगाल विश्वविद्यालयको जलपाईगढी क्याम्पसमा हुनेछ। यसपटक कुल मतदाता १८ लाख ८४ हजार ६३७ छन्  कुल मतदान ८३.६६ प्रतिशत भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement