आईसीसी टी२० वर्ल्ड कपः जसोतसो म्याच जित्यो वेष्ट इण्डिजले

IMG-20240603-WA0124.jpg

गुयाना: आईसीसी टी२० वर्ल्ड कपअन्तर्गत ग्रुप सी-को पहिलो अनि दिनको दोस्रो म्याचमा वेष्ट इण्डिजले पापुआ न्यू गिनीलाई ५ विकेटले पराजित गऱ्यो। सानो लक्ष्य रहे पनि टुर्नामेण्टको सह-आयोजक वेष्ट इण्डिजलाई जीत हासिल गर्नु निक्कै संघर्ष गर्नु पऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै अनुभवहीन पापुआ न्यू गिनीको टीमले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनायो। सेसे बाऊले ४४ बल खेलेर सर्वाधिक ५० रन बनाए। उनले ६ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक किपलिन डोरिगाले २७ र कप्तान अस्सद वालाले २१ रन बनाए। वेष्ट इण्डिजका बलरहरूमा आन्द्रे रसेल र अल्जारी जोसेफले २-२ विकेट लिए। जवाफमा वेष्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर १३७ रनको लक्ष्यलाई हासिल गऱ्यो। वेष्ट इण्डिजका ओपनर जनसन चार्ल्स खाता नखोली आउट भएपछि रोस्टन चेसले अविजित ४२ रन बनाएर टीमलाई जीत दिलाए। चेसले २७ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए।

यसबाहेक अन्य ओपनर ब्रेण्डन किंगले ३४, निकोलस पूरनले २७, कप्तान रोवम्यान पावेलले १५ र आन्द्रे रसेलले अविजित १५ रनको योगदान दिए। पापुआ न्यू गिनीका बलरहरूमा अस्सद वालाले २ विकेट लिए। रोस्टन चेसलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement