कुवैत विरुद्ध म्याचपछि खेलाड़ीहरूका करियर बद्लिने दावी गरे भारतीय प्रशिक्षक इगोर स्टीमाकले

IMG-20240603-WA0118.jpg

काेलकत्ता: भारतीय फूटबल टीमका प्रशिक्षक इगोर स्टीमाकले ६ जूनमा कुवैत विरुद्ध खेलिने महत्त्वपूर्ण म्याच अघि ठूलो बयान दिएका छन्। प्रशिक्षकको भनाइअनुसार, ६ जूनमा खेलिने फिफा वर्ल्ड कप क्वालीफायर म्याच पछि खेलाड़ीहरूका करियर बद्लिन सक्छ। फिफा वर्ल्ड कप क्वालीफायरको दोस्रो चरणको होम म्याचमा भारतले सल्ट लेक स्टेडियममा कुवैतको चुनौती स्वीकार्नेछ। त्यसपछि भारतीय टीमले ११ जूनमा कतर विरुद्ध अवे म्याच खेल्नेछ। यसअघि गुवाहटीमा खेलिएको होम म्याचमा भारतीय टीमले अफगानिस्तान विरुद्ध हारको सामना गर्नु परेको थियो। भारतीय टीम अहिले फिफा ऱ्याङकिंगमा १२१औं स्थानमा रहेको छ। भारतसँग अहिले पनि २०२६ वर्ल्ड कप क्वालीफायरको तेस्रो चरणमा स्थान बनाउने मौका छ अनि यसको निम्ति टीमले कुवैत विरुद्ध जीत हासिल गर्नु पर्नेछ। अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-द्वारा जारी बयानमा स्टीमाकले भनेका छन्, यो ठूलो म्याच हुनेछ। यस म्याचले खेलाड़ीहरूका करियर बद्लिन सक्नेछ। म खेलाड़ीहरूले आफ्नो खेलको मजा लिएको अनि आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरेको हेर्न चाहन्छु।
कुवैत विरुद्ध ६ जूनमा खेलिने म्याचमा भारतीय टीम असल प्रदर्शन गर्न चाहन्छ कारण त्यो म्याच चमत्कारी कप्तान सुनिल छेत्रीको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुनेछ। स्टीमाकले भने, यस महत्त्वपूर्ण म्याचको निम्ति हामीले स्ट्रेन्थ एण्ड कण्डीशनिंग, म्याचको महत्त्व, मानसिक मजबूती र आत्मविश्वास सम्बन्धी केही कुराहरू गर्नु पर्नेछ। म्याचको समय आफ्नो शीर्ष फर्ममा रहोस् भन्ने सुनिश्चित गर्न हामी खेलाड़ीहरूका हरेक पक्षमा काम गर्नेछौं। भारतीय टीमले ६ वटा म्याचमा हारको सामना गर्नु परेको छ अनि यसमा टीमले केवल एक गोल गर्न सकेको छ। मुख्य प्रशिक्षकले भने, यस म्याचको तयारीको निम्ति दुईवटा महत्त्वपूर्ण कुरा छ। हाम्रो निम्ति यो म्याच जित्नु महत्त्वपूर्ण छ। यस लक्ष्यसम्म पुग्न हामीले चतुऱ्याईंको साथ खेल्नु पर्नेछ। हामीलाई संयमको आवश्यकता पर्नेछ। पहिलो आधा घण्टामा गोल गर्न नसके हामीले सुझबुझको साथ एकजुट भएर असल फूटबल खेल्नु पर्नेछ। यी सबै कुराहरू धेरै महत्त्वपूर्ण छ अनि हामी यसको निम्ति तयार हुनु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement