पेरिस ओलम्पिकको कोटा हासिल गर्न सफल अमित र जेस्मिन

IMG-20240603-WA0008.jpg

ब्यांकक (थाईल्याण्ड): वर्ल्ड च्याम्पियनशीपका रजत पदक विजेता अमित पंघाल र कमनवेल्थ गेम्सकी काँस्य पदक विजेता महिला बक्सर जेस्मिन लम्बोरियाले आइतवार यहाँ दोस्रो वर्ल्ड क्वालीफिकेशन बक्सिंग टुर्नामेण्टमा पेरिस ओलम्पिकको कोटा हासिल गरे। अमितले ५१ किग्रा भार वर्गको क्वार्टर फाइनलमा चीनका चुआंग लियूलाई पराजित गरी पेरिस जाने टिकट हासिल गरे। पंघालले आज लियूलाई ५-०-ले पराजित गरी दोस्रोपल्ट ओलम्पिकको निम्ति कालीफाई गरे। यसरी महिला बक्सर जेस्मिनले कार्टर फाइनलमा मालीकी मारिन कामारालाई पराजित गरी देशलाई ओलम्पिकको छैटौं कोटा दिलाइन्। जेस्मिनले यसअघि प्री-क्वार्टर फाइनलमा स्विट्जरल्याण्डकी एना मारिजा मिलिसिक विरुद्ध जीतको साथ पेरिस ओलम्पिकको कोटा हासिल गर्ने सम्भावनालाई मजबूत बनाएकी थिइन्। भारतकी यस २२ वर्षीय बक्सरले मिलिसिकलाई जजहरूका सर्वसम्मत फसेलाद्वारा ५-० ले पराजित गरेकी थिइन्। भारतको निम्ति अहिलेसम्म ६ जना बक्सरले पेरिस ओलम्पिकको कोटा हासिल गरिसकेका छन् । यसमा अमित पंघाल र जेस्मिनको साथमा निशान्त देव (७१ किग्रा), निकहत जरीन (५० किग्रा) र लवलीना बोरगोहेन (७५ किग्रा) सामेल छन्। भारतसँग अझ एउटा कोटा हासिल गर्ने मौका छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement