फ्रेञ्च ओपनः रेकर्ड जीतको साथ चौथो राउण्डमा पुगे नोवाक जोकोविच

IMG-20240603-WA0007.jpg

पेरिस: टेनिस खेलको इतिहासमा सर्वाधिक ग्राण्ड स्ल्याम एकल खिताब जित्ने सर्बियाई दिग्गज नोवाक जोकोविचले रेकर्ड जीतको साथ सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनको चौथो राउण्डमा स्थान बनाए। विश्वका नम्बर एक खेलाड़ीलाई इटलीका लोरेञ्जो मुसेटीले निक्कै सताए पनि २४ पल्टका ग्राण्ड स्ल्याम विजेता खेलाड़ीले धैर्यको साथ खेल्दै पाँच सेटसम्म चलेको म्याचमा जीत हासिल गरी खिताब बचाउने सम्भावनालाई जीवित राखे । जोकोविच र मुसेटीबीच पुरुष एकलको तेस्रो राउण्डको म्याच ४ घण्टा ३० मिनटसम्म चल्यो। म्याचमा जोकोविच ७-५, ६-७ (६), २-६, ६-३, ६-०-ले विजयी भए। पहिलो सेट गुमाएपछि मुसेटीले लगातार दुईवटा सेट जित्दा जोकोविचमाथि चरम दबाउ रहेको थियो तर सर्बियाई खेलाड़ीले पनि महत्त्वपूर्ण मौकाहरूमा पोइण्ट्स हासिल गर्दै म्याच जितेर यहाँ चौथो खिताब जित्ने सम्भावननालाई मजबूत बनाए। जोकोविचको ग्राण्ड स्ल्याम टुर्नामेण्टमा यो ३६९औं जीत हो। यसरी उनले स्विट्जरल्याण्डका महान खेलाड़ी रोजर फेडररको रेकर्डको बराबरी गरे। सोमवार अर्जेण्टिनाका २३औं वरीयता प्राप्त फ्रान्सिस्को सेरुण्डोलोलाई पराजित गर्न सके जोकोविच स्विस् दिग्गज फेडररको रेकर्ड तोड़ेर सर्वाधिक ग्राण्ड स्ल्याम म्याच जित्ने खेलाड़ी बन्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement