पोखरा नगर युवा परिषद्ले युवालाई सामाजिक सञ्जाल चलाउन सिकायो

IMG-20240603-WA0036.jpg

बिराटनगर: पोखरा महानगरपालिकाको युवा नगरपरिषद्‌ले युवाहरुलाई सामाजिक सञ्जाल चलाउन सिकाएको छ। सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाका बिषयमा १ सय ५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताए।

सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताए।
सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले बताए। ‘सामाजिक सञ्जालको प्रभावका दिनानुदिन बढ्दो छ’, आचार्यले भने , ‘यो मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगिता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ।’
सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिंगो समाजमा नकारात्मक प्रभाव र भ्रम सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको मेयर आचार्यले बताउछन। सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उनको भनाइ थियो।
सामाजिक सञ्जाललाई कतिपय अवस्थामा अपराधको सजिलो हतियारका रूपमा समेत लिने गरेको पनि मेयर आचार्यले बताए। ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ’, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement