एकै परिवारका ३ जना आमाछोरी सहित ८ जना घाइते
झापा: पाँचथरको मेची राजमार्ग अन्तर्गत जोरपोखरी – गोपेटार सडक खण्डमा बोलेरो दुर्घटना भएको छ। जुन २ रविबर दिउसो करिव ३:१० बजे हिलिहाङ गाउँपालिका वडा नं. ३ किसेनी खोलास्थित मेची राजमार्गमा जोरपोखरीबाट गोपेटारतर्फ जादै गरेको बोलेरो सडकभन्दा अन्दाजी ३ मिटर तल खसेको थियो ।बाक्लो हुस्सुका कारण बाटो नदेख्दा दुर्घटना भएको ३३ बर्षिय चालक खगेन्द्र गदालले बताए।दुर्घटनामा एकै परिवारका ३ जना आमाछोरी सहित ८ जना घाइते भएका छन्। घाइते यात्रुको स्थानीय स्वास्थ्य संस्था र फिदिम स्थित समर्पित अस्पतालमा उपचार भैरहेको पुलिसले जनाएको छ। घाईतेहरूलाई पुलिस चौकी गोपेटारबाट खटिएको पुलिस टोलीले उद्धार गरि उपचारको लागि फिदिमस्थित समर्पित अस्पताल पठाएको जिल्ला पुलिस कार्यालय पाँचथरका सुचना अधिकारी इन्स्पेक्टर बिनालाल साह तेलीले जानकारी दिए। घाइतेको विवरण र अवस्था :
१.जिल्ला ताप्लेजुङ फुङलिङ नपा २ बस्ने बर्ष ३० कि कला लिम्बु शरिरको बिभिन्न भागमा चोट, अवस्था बोलिरहेको सामान्य रहेको ।
२. ऐ. बस्ने निजको छोरी बर्ष ११ को कृष्टिन लिम्बु शरिरको बाहिर भागमा चोट अवस्था बोलिरहेको सामान्य रहेको ।
३. ऐ. बस्ने निजको छोरी बर्ष १२ कि कृष्टिना लिम्बु शरिरको बाहिर भागमा चोट अवस्था बोलिरहेको सामान्य रहेको ।
४. ऐ. बस्ने बर्ष ७२ कि सुरज कुमारी लिम्बु छातीमा दुखाई रहेको भन्ने बताएको, सामान्य बोल्ने अवस्था मध्यम रहेको
५. ऐ. बस्ने बर्ष ३१ को कमल लिम्बु अनुहारमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य
६. जिल्ला ताप्लेजुङ फुङलिङ नपा १ बस्ने बर्ष १७ को अर्जुन सापकोटा निजको घुडाँमा चोट अवस्था बोलिरहेको । उपचारको लागि फिदिमतर्फ पठाएको
७. ऐ.बस्ने बर्ष २३ कि संगीता सापकोटा शरिरको विभिन्न भागमा चोट अवस्था बोलिरहेको उपचारको लागि फिदिमतर्फ पठाएको
८. जिल्ला पाँचथर कुम्मायक गापा ३ रानीगाँउ बस्ने बर्ष ३३ को खगेन्द्र गदाल समेत उपचारको लागि फिदिमतर्फ पठाएको
९. सवार १ जना केहि नभएकोले आफ्नो गन्तव्यतर्फ गएको