पाकिम अन्तर्गत पॉंचवटै निर्वाचन क्षेत्रमा पनि एसकेएमकाे भारी मतले जित

n6139782121717353538264e120fa40d1caa7e56e8c791cd0d472ce1c9bde5f1e3e2f124784f89505775f04.jpg

पाकिम: पाकिम जिल्ला अन्तर्गत पॉंचवटै निर्वाचन क्षेत्रमा पनि सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले भारी मतले जित हासिल गरेको छ। एसकेएम पार्टीका सबै उम्मेदवारहरूले ६००० भन्दा धेरै मतले चुनाउ जितेका छन्।

मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष प्रेमसिंह तामाङ यस जिल्लाका रिनाक निर्वाचन क्षेत्रबाट पनि चुनाउ लडेका थिए। उनले १०,०९४ मत प्राप्त गरेका छन्।

वेस्ट पाण्डम निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार पूर्व मन्त्री लाल बहादुर दास विजयी भएका छन्। उनले ६२३७ भोट प्राप्त गरेका छन्। छुजाचेन निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार पूर्व विधायक पूरण कुमार गुरूङ विजयी भएका छन्। उनले ८१९९ मत प्राप्त गरेका छन्।

नाथाङ माछोङ निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार पमिन लेप्चाले चुनाउ जितेकी छन्। उनले ६६७६ पाएकी छन्। नाम्चेबुङ निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार राजु बस्नेतले जित हासिल गरेका छन्। उनले ७१९५ मत पाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement