मुख्यमन्त्री प्रेमसिंह तामाङकाे  राज्यपाल आचार्यसँग भेट

IMG-20240602-WA0283.jpg

गान्तोक: मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङले आज राज्य विधानसभा चुनाउको परिणाम घोषणापछि सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे।

यस भेट अवधि मुख्यमन्त्री तामाङले आफ्नो वर्तमान मुख्यमन्त्री पदको राजीनामा राज्यपाललाई सुम्पिए। तर, राज्यपालले नयॉं सरकार गठन नभएसम्म उनीलाई नै मुख्यमन्त्री पदको कार्यभार सम्हाल्न लगाएको राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

मुख्यमन्त्रीको रूपमा यो उनको दोस्रो कार्यकाल हुनेछ र उनले अब सिक्किम प्रदेशको नयॉं मुख्यमन्त्रीको रूपमा शपत लिनेछन्। राज्यपाल आचार्यले मुख्यमन्त्री र उनका पार्टीलाई जितको हार्दिक बधाई दिॅंदै आगामी कार्यकालको निम्ति शुभकानमा दिए। उनले भने, यो जित जनता जर्नादनको आकांक्षा, अपार समर्थन र विश्वासको प्रतीक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement