पश्चिम जिल्लाका सबै समष्टिमा एसकेएमको ‘क्लीन स्वीप’

n61399982017173525259818c544a4df89ef83c259836abf91df7e48defba3d971a59c141d1ff728f70eb01.jpg

गान्तोक: गत १९ अप्रेल ११औँ सिक्किम विधानसभा र १८औँ लोकसभा चुन एको थियो भने यसकाे मतगणना आज सम्पन्न भएको छ। पश्चिम सिक्किमको गेजिङ र सोरेङ जिल्ला गरि आठ निर्वाचन क्षेत्र समावेश छ भने गेजिङ जिल्लाको मतगणना क्याङसा कन्या वरिष्ठ माध्यमिक विधालयकाे सभाकक्षमा भएको थियो। याक्सोम टाशीडिङ, याङथाग, मानेबुङ देन्ताम र गेजिङ बर्मेक गरि चार जिल्लाको निम्ति यहाँ मतगणना भएको थियो। चुनावमा सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किम प्रजातान्त्रिक मोर्चा, भारतीय जनता पार्टी, सिटिजन एक्सन पार्टी र स्वतन्त्र उम्मेदवारबीच चुनाव सम्पन्न भएको थियो। याक्सोम टाशीडिङ कुल १५,४७५ मतदाता रहेका थिए भने १३,२१२ मतदान भएको थियो। यसरी नै याङथाग निर्वाचन क्षेत्रमा १४,०५० मतदाता रहेका थिए भने ११,५८६ मतदान भएको थियो। यसैगरी मानेबुङ देन्ताममा कुल १६,२६४ मतदाता रहेका थिए भने १३,६१६ मतदान भएको थियो। गेजिङ बर्मेकमा कुल १३,६१६ मतदाता रहेका थिए भने ११,१५२ मतदान भएको थियो। यसैगरी सोरेङ जिल्लाका चार समष्टि पनि निम्न प्रकार मतदान भएको थियो। रिञ्चेनपोङ निर्वाचन क्षेत्रमा कुल १५,९८२ मतदाता थिए।

जसमा १३,३९८ मतदान भएको थियो। दरामदिन निर्वाचन क्षेत्रमा १६,२८१ मतदाता रहेका छन कुल मतदान १३,०८१ भएको थियो। सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा १६,६६३ मतदातामध्ये १३,७४५ मतदान भएको छ। जूम सालघारी निर्वाचन क्षेत्रमा ११,६८३ मतदाता रहेको ठाउँमा यस वर्षको चुनावमा ९,३९६ मतदान खसेको थियो। यसैगरी दुई जिल्लाका आठै समष्टिमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उम्मेदवारहरुले विजय हासिल गरेका छन्। गेजिङ जिल्लालाई लिनुपर्दा योक्सोम टासिडिङ समष्टिबाट एसकेएमका उम्मेदवार टिटी भोटियाले विजय हासिल गरे भने उनको प्रतिपक्ष दल एसडीएफका उम्मेदवार मियोङ् ग्याछोलाई हराएका हुन। यसैगरी याङ्थाङ समष्टिबाट एसकेएम उम्मेदवार भिमहाङ सुब्बा विजय भने उनको प्रतिपक्ष दल एसडीएफबाट केसाम लिम्बूलाई हराएका हुन्। भिमहाङ सुब्बा सत्तारुढ पार्टीमा रहदा मन्त्री थिए भने उनको यो विजय दोस्रोपल्ट रहेको छ। यसैगरी मानेबुङ देन्ताम क्षेत्रबाट एसकेएमका उम्मेदवार सुदेश कुमार सुब्बा भारीमतले विजय बने। उनको प्रतिपक्षी दल भाजपा उम्मेदवार नरेन्द्र कुमार सुब्बा र एसडीएफका उमेदवार जीआर खुलाल रहेका थिए। दुवै दलका उम्मेदवार निक्कै चर्चामा रहेता पनि सुदेश कुमार सुब्बाले छहजार भन्दा बडी मतले विजय हासिल गरेका छन्। यसैगरी गेजिङ बर्मेक निर्वाचन क्षेत्र यस वर्षको चुनावमा निकै चर्चामा रहेको क्षेत्र बन्यो। यहाँ दुईपल्टसम्म विजय बनेर सरकारमा पुगिसकेका अनि तेस्रोपल्ट पनि उम्मेदवार बनेका सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उम्मेदवार लोकनाथ नेपालले तेस्रोपल्ट विजय बनेका छन् उनको प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार खुसेन्द्र शर्मालाई पराजय गरेर तेस्रोपल्ट पनि विजय बने। यसैगरि सोरेङ जिल्लाबाट पनि चारवटा निर्वाचन क्षेत्रमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उम्मेदवारहरु अघि आए भने सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री स्वयं नै उमेदवार रहेको क्षेत्र सोरेङबाट भारी मतले विजय बने प्रेमसिङ तामाङ। यस बाहेक सोरेङ र गेजिङ जिल्लामा चुनावी माहोल मुख्य रुमा सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किम प्रजातान्त्रिक मोर्चा, बिजेपी अनि स्वतन्त्र उमेदवारका दलहरू मात्रै चर्चामा थिए। यस बाहेक अन्य दलका उमेदवारहरुले पनि आफ्नो योग्यता अनुसार मत पाएका थिए। आज मतगणनाको फलाफल पछि पार्टी समर्थकहरुले बिजय उत्सव मनाउदै आनंद लिएका छन्। अर्कोतिर गेजिङ अनि सोरेङ जिल्लामा सम्पन्न भएको चुनाव पछिको मतगणना कार्यक्रम पनि शान्तिपुर्ण ढंगमा सम्पन्न भएकोमा रिटनिङ अफिसर साथै चुनाव अभियानमा जुटेका सबैलाई उमेदवारहरुले धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement