राज्यका शिक्षा मन्त्री ब्रात्य बसुको लण्डन यात्रा

Bratya-Basu

कोलकाता: पश्चिम बङ्गालमा शिक्षक नियुक्ति भ्रष्टाचार विवादबीच राज्यका शिक्षा मन्त्री ब्रात्य बसुको लन्दन यात्रा रद्द गरिएको छ। यस मामिलामा एकपछि अर्को सीबीआई जाँचको आदेश आइरहेछ। एसएससी अफिसमा केन्द्रीय बलहरू तैनाथ छ, यहाँ स्थित सबै डिजिटल डेटालाई सीबीआईले आफ्नो कब्जामा लिएको छ। अर्कोतिर, शिक्षा सचिव मनीष जैनलाई नोटिस पठाइएको छ, अन्य अधिकारीहरूसित केरकार गरिने तयारी भइरहेछ। त्यसमा शिक्षा मन्त्री अन्य देश जानु गलत सन्देश दिनसक्थ्यो। वस्तुतः आइतबार र सोमबार शिक्षामाथि एक परिचर्चालाई सम्बोधित गर्नका लागि ब्रात्य बसुलाई आज नै लण्डन जानु थियो, तर मुख्यमन्त्रीको भनाईमा उनले आफ्नो यात्रा रद्द गरेका छन्।

About Author

Advertisement