सिलगढी: आज लोकनाथ ब्रह्मचारीको १३४औँ तिरोधन दिवस मनाइँदैछ। लोकनाथ ब्रह्मचारीको तिरोधन दिवस विभिन्न स्थानका साथै सिलगढीमा पनि मनाइँदैछ। आज सिलगढीको दगापुरमा रहेको लोकनाथ मन्दिरमा पूजा गर्न भक्तहरूको भीड जम्मा भएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि सिलगढीको श्री श्री बाबा लोकनाथ मन्दिरमा विभिन्न कार्यक्रम गरिँदै छ। यो कार्यक्रम नौ दिन सम्म चल्ने छ। आज यसको आठौं दिन हो। मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। यहाँ शहरवासी मात्रै होइन टाढाटाढाबाट भक्तजन पनि पूजा गर्न आउँछन्। मन्दिर समितिले खिचडी प्रसादको पनि व्यवस्था गरेको छ।











