केकेआरएस सोनादा शाखाद्वारा साकेवा उँभौली पूजा सम्पन्न

IMG-20240602-WA0268.jpg

सोनादा: किराँती खम्बु राई संस्कृतिक संस्थानद्वारा साकेवा उँभौली पूजा सम्पन्न भएको छ। सोनादा शाखा कार्यालय सोनादा पेट्रोल पम्पमा माङमाद्वारा धर्तीको पूजा आर्चना गर्दै साकेवा उँभौली पूजा सम्पन्न भएको छ। किराँती परम्परागत सिल्ली नृत्य अनि विभिन्न सांस्कृतिक कार्यक्रमहरुबीच सम्पन्न भएको साकेवा उँभौली पूजा अनि कार्यक्रममा केकेआरएस केन्द्रीय समितिका प्रतिनिधिवर्ग लगायत सोनादा शाखाका सदस्यहरुका बाक्लो उपस्थिति रहेका थिए। कार्यक्रममा सिल्ली कलाकारहरुलाई केन्द्रीय समिति प्रतिनिधिवर्गको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो। यसका साथै केकेआरएस शाखालाई सेवा अनि आफ्नो बहुमूल्य योगदान पुर्‍याउने सदस्यहरुलाई सम्मान पत्र प्रदान गरियो। त्यसरी नै शिक्षा क्षेत्रमा कानुनी शिक्षामा उच्च शिक्षा हाँसिल गरेका सोनादा निवासी सुप्रीया राईलाई पनि सम्मान जनाइयो। केकेआरएस जिल्ला कमिटी अध्यक्ष किशोर राईले आफ्नो छोटो वक्तव्यमा भने, आफ्नो संस्कृति अनि जातिको परम्परा बचाउन हामी लागि पर्नुपर्छ। सोनादा शाखाले किराँती संस्कृति अनि परम्परा बचाउन ठूलो भुमिका निभाउँदै आएका छन्। यसको निम्ति जिल्ला कमिटीको तर्फबाट आभार व्यक्त गर्दछु। हाम्रो बाल बालिकाहरुलाई विशेष गरेर हामीले आफ्नो जातिको संस्कृति अनि परम्परालाई बचाई राख्नको निम्ति हामीले सिकाउनुपर्छ। हामी लुप्त हुँदै जाँदैछौं। तपाईं हामी सबैको दावित्य हो। केन्द्रीय समितिले आगमी दिनहरुमा भावी कार्यक्रमहरुको आयोजना गर्नेछौं। यसका साथै विभिन्न क्षेत्रमा सेवा अनि सहयोग पनि गर्नेछौं। हामी एकृकीत हुनुपर्छ। साकेवा उँभौली पर्व किराँतीहरुको निम्ति एउटा मुख्य पर्व हो। यो पर्वले किराँती संस्कृतिक अनि सभ्यताको ईतिहास बोकेको छ। हाम्रो ईतिहासलाई जिउँदो राख्नको निम्ति हामी एकतामा बाँधिनुपर्छ। आफ्नो विचार एक आपसमा आदान प्रदान गर्नुपर्छ सबैले आफ्नो दावित्य निभाउनु पर्छ भनी आफ्नो छोटो सम्बोधन राख्दै साकेवा उँभौली पूजाको सबैलाई शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement