खरसाङ : मङ्पूमा प्रथम चोटी आगामी १५ सेप्टेम्बरको दिन स्थानीय रबिन्द्र भवनमा मिस्टर खरसाङ अनि मिस्टर मङ्पू बडी बिल्डिङ च्याम्पियनशीप हुने भएको छ। उक्त जानकारी आज एक पत्रकार सम्मेलन गर्दै मङ्पू बडी बिल्डिङ फिटनेश एसोसिएसनका संयोजक ऋषि सिङदनले जानकारी दिएका छन्। उक्त कार्यको लागि आज मङपूमा आज मङ्पू बडि बिल्डिङ एण्ड फिटनेश एसोसिएसन गठन गरियो। उक्त एसोसिएशनको सभापति उत्तम राई, सचिव राजा गुरुङ, कोषाध्यक्ष सुदर्शन तामाङ, प्रमुख सल्लाहकार सञ्जय थापा र मनोज सुब्बा, उप सभापति जेशोन मल्ल, संयुक्त सचिव अदित्य गिरी चयन गरिएको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय बडी बिल्डिङ एण्ड फिटनेश एसोसिएसनका संयुक्त सचिव एवम् खरसाङ बडी बिल्डिङ एण्ड फिटनेश एसोसिएसनका सभापति सञ्जय छेत्रीले यस पल्टको ५३औं मिस्टर खरसाङ बडी बिल्डिङ च्याम्पियनशीप मङपूको साथमा भव्यताको साथ आयोजना गरिने कुरा पत्रकार सम्मेलनमा जनाएका छन्।