युटुबर रजत तामाङ पक्राउको मांगमा अनुसूचित जातिद्वारा घैयाबारीमा पोष्टरिङ

IMG-20240602-WA0264.jpg

खरसाङ: आज अखिल भारती नेपाली अनुसुचित जाति संघ घैयाबारी शाखाद्वारा खरसाङको घैयाबारी क्षेत्रमा युटुबर रजत तामाङ विरूध्द कानुनी कार्वाही गरिनु पर्ने मांगमा पोष्टरिङ गरिएको छ। उक्त पोस्टरिङ अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको नयन खाती र दिपा सेवाको अगुवाईमा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। घैयाबारीको विभिन्न स्थानहरूमा पोस्टरिङ गर्दै युटुबर रजत तामाङलाई प्रशासनले पक्राउ गरेर कानुनी कार्वाही गरिनु पर्ने मांग गरेका छन्। उक्त पोष्टरिङ विषयमा बोल्दै नयन खातीले युटुबर रजत तामाङले अनुसूचित जातिमाथि अभद्र व्यवहार गर्दै गाली गरेको साथै अनिसूचित जातिमाथि आघात पुग्ने कार्य गरेको कारणले अनुसूचित जातिले विभिन्न स्थानहरूमा पक्राउको मांग गर्दै एफआईआर दर्ता गरे पनि पक्राउ नपरेको कारणले आज पहाडभरि पोस्टरिङ गरिएको बताएका छन्।

उनले युटुबर रजत तामाङलाई प्रशासनले झट्टै पक्राउ गरेर कानुनी कार्वाही गर्दै सजाय दिएको हुनुपर्छ भनी मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement