खरसाङ: नेपाल आईडलको टप ६ पुग्न सफल बनेका खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी निवासी मोहित भुजेलको पक्षमा रोहिणीको झील परिसरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबको आयोजना सम्पन्न उक्त सांगीतिक कार्यक्रम गरेर मोहित भुजेललाई जिताउन सहयोगको लागि अर्थ संकलन गरिने कार्य सम्पन्न गरिएको छ। उक्त सांगीतिक कार्यक्रममा तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको उप विजेता साथै नेपाल आईडलको मञ्चमा पनि पुगेका गायक सुरज तामाङ लगायत नयाँ कमानबाट टाँसी ठोकर, नरेन तामाङ, संजोग तामाङ, सागर तामाङ, सिलिम हिलबाट रूस्तम राई, आशिष राई, सिविटारबाट साजन लेप्चा आदिले गीतहरू प्रस्तुत गरेका थिए। उक्त सांगीतिक कार्यक्रममा नेपाल आईडलको टप ६ मा पुगेका मोहित भुजेलको लागि केही सहयोगहरू संकलन गरिएको छ। यस सांगीतिक कार्यक्रममा तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबको सचिव बिपन विश्वकर्म, कोषाध्यक्ष एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत सदस्य अनिल राई र उमेश थापा लगायत राजीव थापा, धिरेन प्रधान, कुसाङ लामा लगायत तीनधारे महानदी समष्टिको विभिन्न गाउँका प्रतिनिधिहरू साथै मोहित भुजेल फ्यान क्लब तीनधारे महानदी समष्टिको पदाधिकारीहरू उपस्थित रहेका थिए। उल्लेख्य छ मोहित भुजेलको पक्षमा तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबले योभन्दा अघि पनि सिलिमहिलस्थित आईतबारे हाट, शिवखोलातिर पनि सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने आगामी दिनमा अन्य स्थानहरूमा पनि कार्यक्रम आयोजना गरेर मोहित भुजेललाई जिताउन सहयोगको लागि अर्थ संकलन गर्ने भएको छ।

आजको रोहिणी झील परिसरमा मोहित भुजेलको पक्षमा राखिएको सांगीतिक कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबको सचिव बिपन विश्वकर्मले तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबको आयोजनामा रोहिणी परिसरमा मोहित भुजेलको लागि सांगीतिक कार्यक्रम आयोजना गरिएको र यसको लागि गीत प्रस्तुत गर्ने सबैजना र उपस्थित भएर साथै विभिन्न पक्षबाट सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्। उल्लेखनीय छ मोहित भुजेल हालमा नेपाल आईडलको टप ६ मा पुगेका छन्।