गेजिङ: गत १९ अप्रेलमा ११औँ सिक्किम विधान सभा र १८औँ लोकसभाको चुनाव सम्पन्न भएको थियोl यसको मतगणना आज सम्पन्न भएको छ। पश्चिम सिक्किमको गेजिङ र सोरेङ जिल्ला गरि आठ निर्वाचन क्षेत्र समावेश छ भने गेजिङ जिल्लाको मतगणना क्याङसा कन्या वरिष्ठ माध्यमिक विधालयको सभा कक्षामा भएको छ। योक्सम-टाशीडिङ, याङथाग, मानेबुङ-देन्ताम र गेजिङ-बर्मेक गरि चार जिल्लाको निम्ति यहाँ मतगणना भएको थियो। चुनावमा सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किम प्रजातान्त्रिक मोर्चा, भारतीय जनता पार्टी, सिटिजन एक्सन पार्टी र स्वतन्त्र उम्मेदवारबीच चुनाव सम्पन्न भएको थियो। १ योक्सम-टाशीडिङ कुल १५,४७५मतदाता रहेका थिए भने १३,२१२ मतदान भएको थियो।

यसरी नै २ याङथाग निर्वाचन क्षेत्रमा १४,०५० मतदाता रहेका थिए भने ११,५८६ मतदान भएको थियो। यसैगरी ३ मानेबुङ देन्ताममा कुल १६,२६४ मतदाता रहेका थिए भने १३,६१६ मतदान भएको थियो। ४ गेजिङ बर्मेकमा कुल १३,६१६ मतदाता रहेका थिए भने ११,१५२ मतदान भएको थियो। यसैगरी सोरेङ जिल्लाका चार समष्टि पनि निम्न प्रकार मतदान भएको थियोl ५ रिञ्चेनपोङ निर्वाचन क्षेत्रमा कुल १५,९८२ मतदाता थिए भने त्यसमा १३,३९८ मतदान भएको थियो। ६ दरामदिन निर्वाचन क्षेत्रमा कुल १६,२८१ मतदाता रहेका छन् भने कुल मतदान १३,०८१ भएको थियो। ७ सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रमा १६.६६३ मतदाता रहेका थिए, जसमा १३,७४५ मतदान भएको थियो। ८ जुम-सालघारी निर्वाचन क्षेत्रमा ११,६८३ मतदाता रहेको ठाउँमा यस वर्षको चुनावमा ९,३९६ मतदान खसेको थियो। यसैगरी दुई जिल्लाका आठै समष्टिमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उमेदवारहरुले यस वर्षको चुनावमा बिजय हाँसिल गरेका छन्।

गेजिङ जिल्लालाई लिनुपर्दा १ याक्सोम-टासिडिङ समष्टिबाट एसकेएम का उमेदवार टी टी भोटियाले विजय हासिल गरे भने उनको प्रतिपक्ष दल एसडीएफका उमेदवार मियोङ् ग्याछोलाई हराएका हुन्। यसैगरी याङ्थाङ समष्टिबाट एसकेएम उमेदवार भिमहाङ सुब्बा विजय भने उनको प्रतिपक्ष दल एसडीएफबाट केसाम लिम्बुलाई हराएका हुन्। भिमहाङ सुब्बा सत्तारुढ पार्टीमा रहदा पुर्वमन्त्री थिए भने उनको यो बिजय दोस्रोपल्ट रहेको छ। यसैगरी मानेबुङ-देन्ताम क्षेत्रबाट एसकेएमका उमेदवार सुदेश कुमार सुब्बा भारीमतले विजय बने, उनको प्रतिपक्ष दलमा भाजपा उमेदवार नरेन्द्र कुमार सुब्बा र एसडीएफका उमेदवार जीआर खुलाल रहेका थिए उक्त दुवै दलका उमेदवार निक्कै चर्चामा रहे पनि सुदेश कुमार सुब्बाले ६ हजार भन्दा बडी मतले विजय हासिल गरेका छन्।यसैगरी गेजिङ-बर्मेक निर्वाचन क्षेत्र यस वर्षको चुनावमा निकै चर्चामा रहेको क्षेत्र बन्यो।

यहाँ दुईपल्ट विजय बनेर सरकारमा पुगिसकेका अनि तेस्रोपल्ट पनि उमेदवार बनेका सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उमेदवार लोकनाथ नेपालले तेस्रोपल्ट विजय बनेका छन्l उनको प्रतिद्वन्दी स्वतन्त्र उमेदवार खुसेन्द्र शर्मालाई पराजय गरेर तेस्रो पल्ट पनि विजय बने। यसैगरि सोरेङ जिल्लाबाट पनि चारवटा निर्वाचन क्षेत्रमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उमेदवारहरु अघि आए भने सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री स्वयं नै उमेदवार रहेको क्षेत्र सोरेङबाट भारी मतले विजय बने प्रेमसिङ तामाङ। यस बाहेक सोरेङ र गेजिङ जिल्लामा चुनावी माहोल मुख्य रुमा सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किम प्रजातान्त्रिक मोर्चा, भाजपा अनि स्वतन्त्र उमेदवारका दलहरू मात्रै चर्चामा थिए। यस बाहेक अन्य दलका उमेदवारहरुले पनि आफ्नो योग्यता अनुसार मत पाए। आज मतगणनाको फलाफल पछि पार्टी समर्थकहरुले विजय उत्सव मनाउँदै आनन्द लिएका छन्। अर्कोतिर गेजिङ अनि सोरेङ जिल्लामा सम्पन्न भएको चुनाव पछिको मतगणना कार्यक्रम पनि शान्तिपूर्ण ढंगमा सम्पन्न भएकोमा रिटनिङ अफिसर साथै चुनाव अभियानमा जुटेका सबैलाई उमेदवारहरुले धन्यवाद दिएका छन्।









