ईटानगर: अरूणाचल प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) प्रचण्ड भाेटको साथ विजयी भएको छ। अरूणाचल प्रदेशम भाजपा दुई तिहाई बहुमतको साथ सत्तामा फर्किन गइरहेछ।
६० सदस्यीय विधानसभामा भाजपाले एकतर्फी जित हासिल गर्दै ४६ सीटमा कब्जा गरेको छ। मुख्यमन्त्री पेमा खान्डूको नेतृत्वमा भाजपाले राज्यमा शानदार प्रदर्शन गऱ्यो।
राज्यका बाकी १४ सीटमध्ये नेशनल पीपुल्स पार्टीको खातामा ५ सीट गयो जबकि नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) ले ३ सीट जित्नसक्यो, पीपुल्स पार्टी अफ अरुणाचल प्रदेश (पीपीए) लाई २ सीट हासिल भयो। १९ सीटमा चुनाउ लड़िरहेको भारतीय राष्ट्रिय कांग्रेसलाई १ सीटसितै सन्तोष गर्न परेको छ। तीन सीट निर्दलीयहरूको खातामा गएको छ।










