कछार (असम): अलग-अलग अभियानहरूमा कछार पुलिसले १.९ किग्रा हेरोइन सहित छ जना तस्करहरूलाई पक्राउ गरेको छ। कछार पुलिसले आज बतायो, विश्वसनीय गोप्य जानकारीको आधारमा कछार पुलिसले रामप्रसादपुर, धोलाई र बांसकांदी, लखिपुरमा मादक पदार्थ ओसार-पोसारविरूद्ध दुई भिन्न-भिन्न विशेष अभियान संचालन गरी छःजना मानिसहरूलाई पक्राउ गऱ्यो। यी तस्करहरूको कब्जाबाट लगभग १.९ किग्रा वजनको हेरोइनले भरिएका १५० वटा साबुनदानी जफत गरियो।
पक्रा पर्ने आरोपीहरूको पहिचान बिंटू सिंघा (२८), राजेन सिंघा (४१), एकबार हुसैन (२३), बोरजोहना मार (२७), रबर्ट लालमालसन (२४) र डेनियल लालरिंगेट (२६) -को रूपमा भएको छ। मादक पदार्थको ओसार-पोसारमा प्रयोग गरिएको एक स्कुटी (एएस-०८-८७४७) र मारूति जिमी कार (एमजेड-०१ एबी-३४५६)- लाई पनि जफत गरिएको छ। कालो बजारमा जफत गरिएको मादक पदार्थको मूल्य लगभग ९.५ करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ। मादक पदार्थको खेपलाई अवैध रूपमा चुराचाँदपुर, मणिपुरबाट ल्याइएको थियो। मामिलामा पुलिसले जाँच गरिरहेको छ।










