बिराटनगर: नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेको मापसेमा लरबरिएका व्यक्तिलाई सडक व्यवस्थापनमा खटाउने कदमको आलोचना गरेका छन्। जुन २रविबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै सांसद खतिवडाले गृहमन्त्री लामिछानेले हुकुमी शासन गर्न लागेको आरोप लगाए।
सांसद खतिवडाले भने, “मापसेमा लर्बरिँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेको भान भयो भने मुलुक कतातिर जान्छ? तिनीहरूको इज्जत कता जान्छ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्था सुरुवात होस्।”
गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिकलाई रजस्वला भएको बेला सडकमा नखटाउने निर्णय गरेको कदमलाई राम्रै भने पनि उनले कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने बताए।









