नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवाती तूफान रेमलले प्रभावित पूर्वोत्तर राज्यहरूमा राहत कार्यहरूलाई लिएर आइतवार समीक्षा बैठक गरे। रेमलले गर्दा पूर्वोत्तरका धेरै राज्यहरूमा भारी नोकसान भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी चुनाउ प्रचारपछि कन्याकुमारी गएका थिए। त्यहाँबाट आएपछि आज उनको निक्कै व्यस्त कार्यक्रम छ। सूत्रहरू अनुसार, प्रधानमन्त्रीले आज ठूला बैठकहरू गर्नेछन्। शनिवार एग्जिट पोलको नतिजाले एक पल्ट फेरि नरेन्द्र मोदीको नेतृत्वमा तेस्रो पल्ट सरकार बन्नेतिर इशारा गरिरहेछ।
आफ्नो प्रतिबद्धता दर्शाउँदै प्रधानमन्त्री मोदीले आफ्नो तेस्रो कार्यकालको आगामी १०० दिनको कार्यक्रममाथि पनि चर्चा गर्नसक्छन्। यस बाहेक प्रधानमन्त्रीले देशमा भीषण गर्मी एवं लू- को स्थिति र व्यापक स्तरमा विश्व पर्यावरण दिवस मनाइनुसित जोड़िएका तयारीहरूको समीक्षा पनि गर्नेछन्।










