देशभरका स्थानीय तह आन्दोलित, प्रधानमन्त्री र अर्थमन्त्री भेट्न काठमाडौँमा प्रमुखहरू भेला हुँदै

IMG-20240602-WA0245.jpg

बिराटनगर: सरकारले अनुदान नपठाएको र नयाँ बजेटमा कटौती गरेको भन्दै देशभरका स्थानीय निकायहरू आन्दोलनमा उत्रिएका छन्। गाउँपालिका र नगरपालिका प्रमुखहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्न काठमाडौँ आएका छन्।नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले सरकारको उपेक्षाका कारण काठमाडौँ आएका र ठोस वार्ता बिना नफर्कने बताए। गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अनुदान नपठाइएका कारण कर सङ्कलन र विकास कार्य प्रभावित भएको उल्लेख गरिन्।प्रमुखहरूले आजै अर्थमन्त्री पुनसँग भेटी अनुदान निकासीबारे छलफल गर्ने र निर्णय नभएसम्म काठमाडौँ नफर्कने अडान लिएका छन्। सरकारले बजेट मार्फत २५ प्रतिशत अनुदान कटौती गरेको निर्णय फिर्ता हुनुपर्ने पाण्डेले माग गरिन्।प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्षको अनुदान पठाउन निर्देशन दिए पनि सरकारी खातामा रकम अभावले समस्या भएको थियो। आगामी आर्थिक वर्ष २०२४/२५ मा ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा पठाउने तयारी भइरहेको छ, तर कटौतीको विरोधमा प्रमुखहरू आन्दोलित भएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement