प्रबन्धनका लागि फोहोर छुट्याएर गर्ने अभ्यास शुरु
गान्तोक: बिरूवा रोपन र फोहोर प्रबन्धनको नयाँ अभ्यास एकैसाथ गरेर पर्यावरण संरक्षण एंव स्वच्छताको दिशामा नाथाङ ग्राम पञ्चायत एकाईले उदाहरणीय पहल आरम्भ गरेको छ। ११ दिनव्यापी विश्व पर्यावरण दिवसको अवसरमा नाथाङ जीपीयुद्वारा भारत-चीन सीमा नजिक पौधा रोपण र फोहोरदानी वितरण गरि कुहुने र नकुहुने फोहोर छुट्याउने अभ्यास आरम्भ गरिएको छ।

पूर्व सिक्किमको गान्तोक जिल्लाको नाथाङ ग्राम पञ्चायत एकाईले २६ मईदेखि ५ जूनसम्म पालन गरिने सम्बन्धित निकायले तोकेको विश्व पर्यावरण दिवसका पालना छाङ्गु गाउँका ५७ परिवारमा कुहुने र नकुहुने फोहोर छुट्याएर फोहोरदानीमा हाल्ने र प्रबन्धन गर्ने प्रथाको अभ्यासबाट थालेको छ। यसैगरि भारतचीन सीमा नजिक १३ हजार ९ सय फिटको उच्चाईमा रहेको हाङ्गु झील परिसरमा वन विभागद्वारा निर्धारित ठाउँमा गुराँस र अन्य वनस्पतीका विरूवा लगाएर पर्यावरण दिवसको कार्यक्रम आरम्भ गरेको छ।

नाथाङ ग्राम पञ्चायत एकाईका अध्यक्ष पेमा शेर्पाले गाउँलेहरूलाई पर्यावरण सचेत बनाउने अनि गाउँमा संकलित फोहोरलाई कुहुने र नकुहुने दुइ भागमा छुट्टा छुट्टै बाढेर राख्ने अभ्यास गराउन निलो र हरियो रङको फोहोरदानी वितरण गरेको बताइन्। यसैगरि हाङ्गु पोखरी क्षेत्रमा फुल फुल्ने रूखका विरूवाहरू लगाएर पर्यावरण दिवसको अगाडिदेखि नै कार्यक्रम आरम्भ गरेको बताइन्। उनले गाउँलेहरूलाई पर्यावरण संक्षरणमा सहयो पुऱ्याउने तथा फोहोर प्रबन्धनमा नयाँ अभ्यासलाई कार्यन्वयन गर्ने अनुरोध गरिन्। यसमा सम्बन्धित खण्ड प्रशासन कार्यालय, जिल्ला प्रशासन, वन विभाग तथा गाउँलेहरूलाई आभार प्रकट गर्दै यो कार्यक्रमको शुरुवाट भाइब्रेन्ट भिलेज परियोजना अन्तर्गत गरिएको बताइन्।

पर्यावरण दिवसको अवसरमा वन विभागका बीओ डीबी छेत्री र अभिषेक छेत्री नाण्डोक ग्राम प्रशासनका अतिरिक्त निर्देशक रतन मोक्तान, नाथाङ ग्राम पञ्चायत उपाध्यक्ष मिङ्मा ल्ह्मु शेर्पा, छाङ्गु वार्ड पञ्चायत मिङ्मा शेर्पा, याकला वार्ड पञ्चायत छिरिङ याङ्जी शेर्पा, जेई शेराप भोटिया रोहन कार्की, अतिरिक्त सामाजिक कल्याण निरिक्षक रिगे लेप्चा, भीजीआरए कल्पना गुरुङ, बेयरफुट इञ्जिनियर रिञ्जिङ भोटिया तथा कार्यालय सहायक सङ्गीता राई तथा वन विभागका कर्मचारी अनि स्थानीय गाउँलेहरूको विशेष उपस्थितिमा विरूवा रोपनसित फोहोर दानी वितरण गरेर पर्यावरण चेतना जगाउने कार्य गरियो। यसरी ग्राम पञ्चायत एकाईले गरेको कार्यको निम्ति स्थानीय गाउँलेहरूले सराहना गर्दै पहललाई साथ दिएर गाउँलेहरूले पर्यावरण र स्वच्छतामा अघि बड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।











