बिराटनगर: सुनसरीबाट सशस्त्र प्रहरीले श्रोत नखुलेकाे १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। जिल्लाको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र पुलिस बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको हो ।बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ। रकमसंगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी बर्ष ३७ को हार्ड वेयरका ब्यापारी ईसा अन्सारीलाई सशस्त्र पुलिस बलले नियन्त्रणमा लिएको सशस्त्र जनाएको छ। रकम , कार र चालकलाई थप अनुसन्धान तथा कारबाहिका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउएको र उनी माथि अनुसन्धान सुरु भएको पुलिस स्रोतले जनाएको छ।










