ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

IMG-20240602-WA0222.jpg

बिराटनगर: कञ्चनपुर राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिएर कञ्चनपुर आउँदै गरेको अवस्थामा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ घटना स्थलमै २ जनाको मृत्यु भएको सप्तरी पुलिस प्रवक्ता डुण्डिराज न्यौपानेले जानकारी दिए। मृत्यु हुनेमा सिरहा लाहान १९ बस्ने ३२ को मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ सुशिल राम रहेको न्यौपानेको भनाइ छ। घाइते मध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पताल र अन्यको कञ्चनरूपस्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement