रामकृष्ण मिशन आश्रम मुद्दामा पक्राउ परेका प्रदीप रायलाई अदालतमा पेश गरियो

IMG-20240602-WA0199.jpg

सिलगढी: सिलगढीको सेवक रोडमा रहेको रामकृष्ण मिशन आश्रम काण्डका मुख्य आरोपी प्रदीप रायलाई आज अदालतमा पेश गरियो। यो प्रकरणको १३ दिनपछि शनिबार सिलगढी पुलिस आयुक्तालयको स्पेशल अपरेशन ग्रुप (एसओजी) ले पक्राउ गरेको हो। पुलिसले लामो समयदेखि उनको खोजी गरिरहेको थियो तर उनी भागेको हुनाले समात्न सकेको थिएन। उनलाई शनिबार पक्राउ गरी आज अदालतमा पेश गरिएको थियो। यस घटनामा पुलिसले अहिलेसम्म नौ जनालाई पक्राउ गरेको छ। रामकृष्ण मिशन आश्रम कब्जासँगै भिक्षु र भिक्षुणीमाथि आक्रमणको आरोपमा सबैलाई पक्राउ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement