जलपाईगुडी: जलपाईगुडीको विवेकानन्द पल्ली क्षेत्रमा आइतबार राष्ट्रिय राजमार्ग ३१ मा एउटा लरी र एउटा सानो कार ठोक्किएको छ। उक्त दुर्घटनामा कार चालक घाइते भएका छन्। ठुलो दुर्घटना भएपनि सबै सकुशल रहेको छ। प्राप्त जानकारी अनुसार राजबारी पाडा निवासी सुदीप कान्ति मजुमदार पूजा गर्न जाँदै थिए। तर यसैबीच जलपाईगुडी खरिया क्षेत्रको विवेकानन्द पल्ली क्षेत्रमा राष्ट्रिय राजमार्गमा यो दुर्घटना भएको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जलपाईगुडी ट्राफिक पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।











