काठमाडौं: विदेशमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषालाई संरक्षण गर्नर यसलाई बढवा दिन आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै उनले आदिवासी संस्कृति महत्त्वपूर्ण भएको औंल्याए। उनले आदिवासी जनजाती संस्कति र संस्कारलाई सञ्चारमाध्यममा प्रयोग गर्न सकिएन भने मातृभाषा विस्तारै लोप हुँदै जाने बताए। उनले भने,‘मातृभाषा बढाउनुपर्छ। यसलाई संकुचित रूपमा बुझ्नु हुँदैन। हाम्रो आदिवासी संस्कृति महत्त्वपूर्ण छ जसले अधिकांश मातृभाषाहरूलाई अँगालेको छ। त्यसैले हामीले आफ्नो मातृभाषालाई बचाएर आदिवासी जनजातिसँग सञ्चार माध्यमको रूपमा प्रयोग गर्न सकेनौं भने बिस्तारै लोप हुँदै जान्छ। भाषा मात्र नभई सबैभन्दा बढी भाषालाई अंगालो हाल्ने समुदाय पनि लोप हुँदै जान्छ।’ मातृभाषा प्रकाशन वा पत्रकारिता गर्ने मात्र नभई यस्तो संस्कृति जोगाउने कार्यमा पनि लाग्नुपर्ने बताए।












