जल जीवन मिशन अन्तर्गत चिमनी देवराली समष्टिमा चारवटा पानीको योजनाहरूका शिलान्यास कार्य सम्पन्न

IMG-20220810-WA0149.jpg

हामी व्यक्तिगत विकासमा होइन तर सामुहिक विकासमा जानुपर्छ – श्याम शेर्पा

खरसाङ: खरसाङको चिमनी देवरालीमा आज जल जीवन मिशन योजनाको घर घरमा पानी अन्तर्गत चारवटा पानीको योजनाहरूका शिलान्यास गरिएको छ। उक्त चारवटा पानीको योजनाहरूका शिलान्यास मुख्य अतिथिको रूपमा उपस्थित २८ नम्बर खरसाङ देवराली समष्टिका क्षेत्रीय सभासद एंव जीटीएको एमओडी पावर, स्वस्थ्य अनि परिवार कल्याण विभाग र उपभोक्ता मामला विभाग खरसाङका श्याम शेर्पाले गरेका छन्। उनीसितै विशिष्ठ अतिथिको रुपमा उपस्थित टुंग सन्त मेरिज समष्टिको सभासद एंव जीटीएको पर्यटन विभागका एमओडी नुरी शेर्पा, मनोनित सभासद प्रणाम रसाइली, पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मंग्राती आदिको बाहुलीबाट संयुक्त रूपमा शिलान्यास गरिएको छ। उक्त चारवटा पानीको योजनाहरूमध्ये 3 वटा खरसाङ देवराली समष्टिको अनि १ वटा खरसाङ गिध्द पहाड़ समष्टिको रहेको छ। यसमा चिमनी देवरालीको लागि ९ लाख ३९ हजार ५ सय ३५ रुपियाँ, अप्पर नयाँ बस्तीको लागि १९ लाख ८६ हजार, ३ सय ६७ रुपियाँ, मजुवा चियाबारी अन्तर्गत खुन्द्रुके बस्ती, लोवर चिमनी, मोहन मजुवा, मजुवा बस्ती, तितेनी बस्ती आदिको लागि १२ लाख ९६ हजार ४ सय ६४ रुपियाँ र ३ नम्बर मन्टिभियट चियाबारीको लागि १७ लाख ५३ हजार ९ सय ३४ रुपियाँको लागतमा भईरहेको पानीको कामको आज शिलान्यास गरिएको छ। जेबी छेत्रीको अध्यक्षता र सभासद श्याम शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत सम्भाषण बलिराज राईले राखेका थिए भने कार्यक्रमलाई खरसाङ देवराली समष्टिका युवा संयोजक दिपेस थापाले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि सभासद श्याम शेर्पाले आफ्नो सम्बोधनमा यसपाली विकासको कुरामा कसैलाई छोड्ने छैनौं र कसैलाई तल – माथि नगरी सबैलाई एक समानले हेरिने बताएका छन्। उनले आज पानीको योजनाहरू शिलान्यास गरिएको र अब अन्य विकासको कार्यहरू पनि चाढ़ै शुरु हुने बताउँदै उनले चिमनीदेखि मजुवा जाने बाटोको सर्वे भएको र यसै वर्ष कार्य शुरु हुने बताएका छन्। सभासद श्याम शेर्पाले चित्रेवासीको लागि खुशीको खबर छ कारण चित्रेदेखि ढुग्रेकोठी निस्कने बाटोको काम पनि यसै वर्ष हुने, चारधुरे गाउँको लागि बाटो खन्ने कार्य वर्षा सकिनासाथ शुरु हुने, जंगपानादेखि उकालो सड़कको निर्माण कार्य पनि हुने र सिमानाटारको बाटो पनि राम्रै प्रकारले हुने बताएका छन्। उनले दस जसको काम छोड़िएको छ भने पनि सर्वे गराएर कार्य गरिने कारण ये समष्टी अन्य समष्टिभन्दा छोड़िनु हुँदैन र यसको लागि सानो सानो कुरामा मन दु:खाई गर्नु हुँदैन बरु सकरात्मक रूपमा एकतामा रहेर कार्य गर्नु पर्ने आह्वान् गरेका छन्। श्याम शेर्पाले व्यक्तिगत विकासमा होइन तर सामुहिक विकासमा जानुपर्छ भनी बताउँदै जनताले विशेष गरी दु:ख पाउनु हुँदैन भन्दै पहिले जनतालाई विकासको कार्यको कुनै याद हुँदैन थियो तर अहिले सबै पारदर्शी रूपमा छ अनि जनताले स्पष्ट रुपमा देखिरहेको छ र अज भएको पानीको शिलान्यासको पनि सबै के कति भनेर पारदर्शी रूपमा स्पष्ट छ भनी बताएका छन्।
कार्यक्रममा पीएचई विभागको तर्फबाट कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले आज शिलान्यास गरिएको पानीको योजनाहरू चारवटामा तीनवटा २८ नम्बर समष्टिको र एउटा २९ नम्बर समष्टिको रहेको बताउँदै यो काम भोलिदेखि नै थाल्नु पर्ने र छिट्टै काम सक्नु पर्ने बताएका छन्। उनले प्रत्येक घरमा पानी पुग्नुपर्छ र यदि कसैले पानी नपाएको खण्डमा जानकारी गराउँदा हुन्छ भनी बताएका छन्।

कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सचिव एंव जीटीएको मनोनित सभासद प्रमाण रसाईलीले आफ्नो सम्बोधनमा अनित थापाको नाममा अबदेखि सबैले सुव्यवस्थित काम गरेको हुनुपर्छ भन्दै काम राम्रो गर्नु पर्ने कारण कामले नै हामी चुन्नुपर्छ भनी बताएका छन्। उनले जनताले हामीलाई भोट दिएर जिताएको छ र अब हामीले जनताको लागि काम गरेर देखाउनुपर्छ भनी बताएका छन्। कार्यक्रममा पीएचई विभागको एई सागर राई, जीटीएको पर्यटन विभागको एमओडी खरसाङको सभासद नुरी शेर्पा र सभाध्यक्ष जेबी छेत्रीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा खरसाङ देवराली समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टी सभापति बीबी राई, समष्टी नारी शक्तिको सभापति सुष्मा मुखिया, पञ्चायतकर्मी माेना स्याङदेन खान र देवदत्त प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *