रामकृष्ण मिशन प्रकरणमा अहिलेसम्म केजीएफ समूहका ९ जना पक्राउ

IMG-20240602-WA0169

सिलगढी: रामकृष्ण मिशन हमला प्रकरणमा अन्ततः केजीएफ समूहका प्रमुख नेता प्रदीप राय पक्राउ परेका छन्। घटनाको १३ दिनपछि सिलगढी पुलिस आयुक्तालयको स्पेशल अपरेशन ग्रुप (एसओजी)ले उनलाई पक्राउ गरेको हो। यस घटनामा पुलिसले नौ जनालाई पक्राउ गरेको छ। यसअघि पुलिसले आठ जनालाई पक्राउ गरेको थियो। शनिबार मुख्य अभियुक्त प्रदीपलाई पनि पक्राउ गरिएको थियो। गत १९ मईमा सेभोक रोडमा रहेको रामकृष्ण मिशनको आश्रमलाई भूमाफियाद्वारा कब्जा गर्ने प्रयास गरिएको थियो।

भर्खरै आश्रममा कब्जा गर्ने उद्देश्यले हमला गरिएको आरोप थियोl उनीहरूले आश्रमका सन्त र अन्य कर्मचारीहरूलाई धम्की दिएको आरोप छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा चुनावी र्‍यालीमा यस घटनाको निन्दा गरेका छन्। राज्य सरकारको चर्को आलोचना भएपछि राज्य सरकारको पहलमा पुलिसले घटनामा संलग्नलाई पक्राउ गर्न थालेको छ। घटनाले गति लिएपछि भक्तिनगर पुलिस चौकीले घटना भएको करिब पाँच दिनमै ५ जना अभियुक्तलाई पक्रा परेका छन्। त्यसपछि फेरि दुई अभियुक्त पक्राउ परेका छन्। यस घटनामा हालसम्म ९ जना पक्राउ परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement