झापा: मोरङमा तीन वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ। जिल्लाको रतुवामाइ नगरपालिका ५ चटपटे चोक बस्ने देवनारायण पण्डितकी छोरी तीन वर्षीया दीक्षा पण्डितको सो ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार बिहान मृत्यु भएको हो। डुबेर अशक्त भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पुलिसले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला पुलिस कार्यालय मोरङको भनाइ छ।









