३१ सिट जितेर सिक्किम विधानसभामा एसकेएमको तुफानी प्रवेश     

स्क्रीनशट  तस्वीर

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले यसपाली दोस्रोपल्ट ३१ वटा सिट जितेर सिक्किम विधानसभामा तुफानी रुपमा प्रवेश गरेको छl सिक्किममा २५ वर्ष लामो शाषण गर्ने सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) यसपाली एउटा मात्र जित जितेर ठूलो हारको सामना गरेर चुनावमा धरासायी भएको छl  एसकेएम अध्यक्ष तथा वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ आफू खडा भएका दुवै वटा समष्टिमा विजयी भएका छन्l राष्ट्रिय पार्टी भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसले एउटै पनि सिट जित्न सकेनl सिक्किमका जनताले यसपाली फेरि एसकेएमलाई दोस्रोपल्ट सिक्किमको लागि कार्य गर्ने पूर्ण बहुमतका साथ जनादेश दिएको छl सबैभन्दा मुख्य कुरा एसडीएफका अध्यक्ष तथा पूर्वमुख्यमन्त्री पवन चामलिङ आफूले लडेका दुवै वटा विधानसभा समष्टिमा चुनाव हारेका छन्l एसडीएफका एकै जना उम्मेदवार डा. तेन्जिङ नर्बु लाम्ठाले मात्र चुनाव जितेका छन्l एसडीएफका अध्यक्ष पवन चामलिङले १९९४ देखि २०१९ सम्म  २५ वर्ष मुख्यमन्त्री बनेर किर्तिमान हासिल गरेका थिएl  तर उनको पार्टीले यस्तो हारको सामना गर्नुपर्छ भन्ने अनुमान भने राजनैतिक क्षेत्रमा लगाइएको थिएनl विजयका साथ साथ उनले हर्ष प्रकट गर्दै आफ्ना पार्टीका कार्यकर्ताहरू, समर्थकहरू र सिक्किमेली जनताप्रति आभार प्रकट गर्दै बधाई दिँदै धन्यवाद जनाएl उनले भने, ‘अब चुनाव सकियोl चुनाव पछि हामी सबै मिलेर शान्ति कायम गर्नुपर्छl अब हामी सबै एक हौl’    सन् १९९४ देखि एसडीएफकै सरकार विधायक रहेर मन्त्री  समेत बनेका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नै पार्टीभित्र विचार नमिल्दा सन् २००९ देखि विद्रोह शुरु गरेका थिएl ४ फरवरी २०१३ मा उनले आफ्नो पार्टी एसकेएम स्थापना गरेl सन् २०१४ मा एसकेएमले १० वटा सिट जितेर बहुमतमा आउन सकेनl पाँच वर्ष सन् २०१९ सम्म एसकेएमले विपक्षीको भूमिका निर्वाह गर्योl सन् २०१९ मा चुनाव जितेर सिक्किममा सरकार गठन गर्न सफल बन्योl यसपाली फेरि एसकेएम सिक्किममा दोस्रो पटक सरकार गठन गर्न सफल बनेको छl यस वर्ष सन् २०२४ को देशभरको लोकसभा चुनावको पहिलो चरणको चुनावअन्तर्गत सिक्किममा १९ अप्रेलमा विधानसभा चुनावका साथ लोकसभा चुनाव पनि भएको थियोl विधानसभाको चुनावको मतगणना आज भएको हो भने ४ जूनमा लोकसभा चुनावको मतगणना हुनेछl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement