जयसवालको साथ ओपनिंग नगर्ने संकेत दिए कप्तान रोहित शर्माले

IMG-20240602-WA0159.jpg

न्यूयोर्क: कुनै पनि ठूलो सीरीज या टुर्नामेण्ट अघि खेलिने अभ्यास म्याचले अधिकांश समय नै टीमको संयोजन कस्तो हुन सक्नेछ भन्ने थाहा लाग्छ। यसरी नै बंग्लादेश विरुद्ध शनिवार राति खेलिएको अभ्यास म्याचले आईसीसी टी२० विश्व कपमा भारतको प्रथम एकादश कस्तो हुनेछ भन्ने धेरै हदसम्म स्पष्ट भयो। म्याचमा भारतले बंग्लादेशलाई सजिलैसँग ५० रनले पराजित गऱ्यो। यसबीच म्याचमा कप्तान रोहित शर्माको दुईवटा फसेलाले सबैलाई चकित पनि बनायो। वास्तवमा ५ जूनमा आयरल्याण्ड विरुद्ध भारतको पहिलो म्याचमा कसले ओपनिंग गर्नेछन् भन्ने सबैमा कौतुहल रहेको छ। टीममा अहिले रोहितसँग ओपनिंग गर्न यशस्वी जयसवाल र विराट कोहली रहेका छन् तर म्याचमा भारतीय कप्तानले विकेटकीपर ब्याटर सञ्जु सेमसनसँग ओपनिंग गरेर सबैलाई चकित पारे। म्याचमा कोहलीले हिस्सा लिएनन् अनि भारतीय कप्तानले यसको पछि थकान कारण रहेको बताए। जयसवाल चाहिँ टीममा रहे पनि मौका पाएनन्। त्यसो भए टी२० विश्व कपमा जयसवालले ओपनिंग गर्नेछैनन् त भन्ने प्रश्नको जवाफमा रोहितले स्पष्ट केही बताएनन्। उनले भने, आज जस्तो चीजहरू भयो, त्यससँग म खुशी छु। यस म्याचबाट जे चाहेका थियौं त्यो हामीलाई धेरै हदसम्म हासिल भयो। हाम्रो निम्ति परिस्थितिहरूसँग अभ्यस्त हुनु महत्त्वपूर्ण थियो, जुन मैले टसको समय पनि भनेको थिएँ। नयाँ स्थान, नयाँ मैदान र ड्रप इन पीचसँग अभ्यस्त हुनु जरूरी थियो। यस लक्ष्यलाई हामीले हासिल गऱ्यौं।

यसरी भारतको निम्ति म्याचमा विकेटकीपर ब्याटर रिषभ पन्त तेस्रो नम्बरमा ब्याटिंग गर्न ओर्लिए। म्याचमा अर्द्धशतक बनाउने पन्तलाई तेस्रो नम्बरमा खेलाउने प्रसंगमा रोहितले भने, यो उनलाई एउटा मौका दिने कदम थियो। ब्याटिंग एकाई कस्तो हुनेछ भन्ने हामीले वास्तवमा तय गरेका छैनौं। म्याचमा बलरहरूले पनि असल प्रदर्शन गरे। आजको परिणामसँग सबै खुशी छन्। अर्शदीपले आफ्नो प्रतिभा फेरि एकपल्ट देखाए। डेथ ओभर्सको निम्ति पनि उनमा असाधारण कौशल रहेको छ। आज उनले असल बलिंग गर्दै बललाई स्विंग गराए। हामी प्रत्येक म्याचमा परिस्थितिहरू अनुसार संयोजन तय गर्नेछौं।

म्याचको कुरा गर्दा भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनायो। जवाफमा बंग्लादेशले ९ विकेटमा १२२ रन मात्र बनाउन सक्यो। भारतको निम्ति पन्तले ३२ बलमा ४ वटा छक्का र ४ वटा चौकाको साथ ५३ रन बनाए। अर्द्धशतक बनाएपछि अन्य खेलाड़ीहरूलाई मौका दिन उनी रिटायर्ड आउट भए। यसबाहेक हार्दिक पाण्ड्याले ४ वटा छक्का र २ वटा चौकाको साथ ४० रन बनाए। सूर्यकुमार यादवले ३१ र कप्तान रोहितले २३ रन बनाए। बंग्लादेशबाट महमुदुल्लाहले सर्वाधिक ४० रन बनाए। भारतीय बलरहरूमा अर्शदीप सिंह र शिवम दुबेले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement