नयाँ दिल्ली: बक्सिंगमा भारतलाई अझ एउटा ओलम्पिक कोटा हासिल हुन सक्छ कारण कमनवेल्थ गेम्सकी काँस्य पदक विजेता महिला बक्सर जेस्मिन लम्बोरिया वर्ल्ड ओलम्पिक बक्सिंग क्वालीफायरमा ५७ किग्रा वर्गको प्री-क्वार्टर फाइनलमा स्विट्जरल्याण्डकी एना मारिजा मिलिसिक विरुद्ध जीतको साथ पेरिस ओलम्पिकको कोटा हासिल गर्ने नजिक पुगेकी छन्। भारतकी यस २२ वर्षीय बक्सरले मिलिसिकलाई जजहरूका सर्वसम्मत फसेलाद्वारा ५-०-ले पराजित गरिन्। भारतबाट निशान्त देव (७१ किग्रा) बाहेक महिला वर्गमा निकहत जरीन (५० किग्रा), प्रीति पवार (५४ किग्रा) र लवलीना बोरगोहेन (७५ किग्रा)-ले अगावै पेरिसको कोटा हासिल गरिसकेका छन्। ब्यांककमा जारी क्वालीफाईंग टुर्नामेण्टमा महिलाहरूकी ५७ किग्रा भार वर्गमा चारवटा कोटा रहेको छ। जेस्मिनले अब पेरिस खेलहरूमा स्थान पक्का गर्न अनि भारतको निम्ति ५७ किग्रा वर्गको कोटा पुनः हासिल गर्न आइतवार क्वार्टर फाइनलमा जीत हासिल गर्नु पर्नेछ। यसअघि परवीन हुड्डाले २०२४ एशियन गेम्सको माध्यमले कोटा हासिल गरेकी थिइन् तर गत महिना उनलाई आफ्नो ठेगाना (वेयरबाउट्स) नबताएकोमा निलम्बित गरिएको थियो। यसैकारण भारतले ५७ किग्रा वर्गमा कोटा हासिल गर्न फेरि चुनौती पेश गर्नु परिरहेको छ।