यूएफा च्याम्पियन्स लीगः रियल म्याड्रिड रेकर्ड १५औं पल्ट च्याम्पियन

IMG-20240602-WA0118.jpg

लण्डन: दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शनको दममा रियल म्याड्रिड रेकर्ड १५औं पल्ट यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको च्याम्पियन बन्यो। प्रतिष्ठित च्याम्पियन्स लीगको गत ११ वटा संस्करणमा यो रियलको छैटौं खिताब हो। यसको साथै कार्लो एन्सेलोट्टीको टीमले सीजनको डबल पनि पूरा गऱ्यो। रियलले यसअघि स्पेनिश ला लीगाको खिताब पनि जितेको थियो। रियल म्याड्रिडले शनिवार अबेर राति खेलिएको च्याम्पियन्स लीगको फाइनलमा बोरुसिया डर्टमण्डलाई २-०-ले पराजित गऱ्यो। दर्शकहरूले भरिएको वेम्बले स्टेडियममा ५८ प्रतिशत बल पोजेशनको साथ खेले पनि रियलले मध्यान्तर अघि जर्मनीको क्लबबाट चरम दबाउको सामना गर्नु पऱ्यो। त्यसपछि दोस्रो हाफको खेलमा चाहिँ स्पेनिश क्लबले बोरुसिया डर्टमण्डको रक्षापंक्तिलाई तोड़ेर २ गोलको साथ म्याच अनि खिताब जित्यो। रियल म्याड्रिडबाट डानी कार्भाहालले ७४औं र विनिसियस जूनियरले ८३औं मिनटमा गोल गरे। रियल म्याड्रिडको जर्सी लगाएर आफ्नो अन्तिम म्याच खेलिरहेका टोनी क्रूसको निम्ति यो यादगार बिदाई रह्यो। जर्मन मीडफिल्डरले आफ्नो छैटौं च्याम्पियन्स लीग खिताबको साथ स्पेनिश क्लबबाट बिदा लिए। डानी कार्भाहालले टीमको निम्ति पहिलो गोल क्रूसले लिएको कर्नर किकबाट नै गरे। बोरुसिया डर्टमण्डको निम्ति फाइनल म्याच फेरि एकपल्ट निराशाजनक रह्यो कारण यसै स्टेडियममा २०१३-को फाइनलमा उनीहरूले बायर्न म्यूनिख विरुद्ध हारको सामना गर्नु परेको थियो। शनिवार राति पनि टीमले पहिलो हाफमा गोल गर्ने केही असल मौकाहरू बनाएको थियो तर त्यसको सदुपयोग गर्न नसक्दा डर्टमण्डले फेरि एकपल्ट उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement