क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरे दिनेश कार्तिकले

IMG-20240601-WA0201.jpg

चेन्नई: दुई दशक लामो करियरपछि भारतका पूर्व विकेटकीपर-ब्याटर दिनेश कार्तिकले शनिवार प्रतिस्पर्धी क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरे। आईपीएल २०२४-मा रोयल च्यालेञ्जर्स बेंगलुरु एलिमिनेटरमा बाहिर हुनको साथै उनले सन्न्यास लिने तय भएको थियो तर कार्तिकले आफ्नो ३९औं जन्मदिनमा यसको आधिकारिक घोषणा गरे। कार्तिकले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा लेखेका छन्, धेरै सोचविचारपछि म आधिकारिक रूपमा आफ्नो सन्न्यासको घोषणा गर्दैछु अनि नयाँ चुनौतीहरूका निम्ति तयार छु। खेलको तीनैवटा प्रारूपमा भारतको निम्ति १८० वटा म्याच (२६ वटा टेस्ट, ९४ वटा वनडे र ५६ वटा टी२०आई) खेलेर कार्तिकले एउटा शतक र १७ वटा अर्द्धशतकको साथ जम्मा ३४६३ रन बनाए। विकेटकीपरको रूपमा उनले १७२ जना ब्याटरलाई पभेलियन पठाए। उनले भारतको तर्फबाट अन्तिमपल्ट २०२२-को टी२० वर्ल्ड कपमा रोहित शर्माको कप्तानीमा खेलेका थिए। उनले देशको निम्ति राहुल द्रविड़, अनिल कुम्बले, महेन्द्र सिंह धोनी र विराट कोहलीको कप्तानीमा पनि खेलेका थिए। कार्तिकले लेखेका छन्, म आफ्ना सबै प्रशिक्षक, कप्तान, चयनकर्ता र सहयोगी स्टाफहरूलाई धन्यवाद जनाउन चाहन्छु, जसले मेरो लामो यात्रालाई यादगार बनाए । यस खेलले मलाई सबैथोक दियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement