मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का पूर्व अध्यक्ष सौरभ गांगुलीले राष्ट्रिय टीमको मुख्य प्रशिक्षक पदमा कुनै भारतीयलाई नियुक्त गर्ने समर्थन गर्दै गौतम गम्भीर अधि उनमा जीतको निम्ति भोक र जोश स्पष्ट देखिएको थियो। भारतका पूर्व सल प्रशिक्षक साबित हुने बताए। गांगुलीले बताएअनुसार, हालै समाप्त भएको आईपीएलमा खिताबी जीतको अवकप्तानले यहाँ एउटा कार्यक्रममा उनी राष्ट्रिय टीमको निम्ति भारतीय प्रशिक्षक नै नियुक्त गर्ने पक्षमा रहेको बताए कारण देशमा प्रतिभाको कुनै कमी छैन। गांगुलीले भने, म भारतीय प्रशिक्षक राख्ने पक्षमा छु कारण हाम्रो देशमा अपार प्रतिभा छ। हाम्रो देशमा धेरै पूर्व कुशल खेलाड़ीहरू रहेका छन्, जसले भारतीय क्रिकेटमा बहुमूल्य योगदान दिएका छन् अनि उनीहरूलाई व्यवस्थाको हिस्सा हुनु पर्नेछ। म भारतीय प्रशिक्षक नै पदमा आएको हेर्न चाहन्छु।
अहिले प्रशिक्षक बन्ने रेसमा अघि रहने गम्भीर के यस पदको निम्ति उपयुक्त व्यक्ति हुनेछन् भनी प्रश्न गरिँदा गांगुलीले भने, के उनले (गम्भीर) आवेदन गरेका छन्? उनले आवेदन गरेपछि मात्र यस पदलाई हासिल गर्न सक्नेछन्। मेरो विचारमा २७ मई आवेदन जमा गर्ने अन्तिम तारिख थियो। बीसीसीआईसँग यसलाई (समयसीमा) बढ़ाउने अधिकार छ। आवेदन गरेको भए उनी (गम्भीर) असल उम्मेद्वार साबित हुनेछन्। भारतको वर्ल्ड कप विजेता टीम (२००७- मा टी२० र २०११-मा वनडे)-का सदस्य रहने पूर्व ओपनिंग ब्याटर गम्भीरको मार्गदर्शनमा कलकत्ता नाइट राइडर्सले १० सालपछि आईपीएल खिताब जितेको थियो। गांगुलीले भने, गम्भीरले आवेदन गरेका छन् भने यसपाली आईपीएलमा उनले कस्तो काम गरे भन्ने सबैले देखेका छन्। उनमा जीतको भोक र जोश देख्न पाइयो। उनले आवेदन गरेका छन् अनि बोर्डले उनलाई प्रशिक्षक नियुक्त गर्ने फसेला गरे म धेरै खुशी हुनेछु। उल्लेखनीय छ, आईसीसी टी२० वर्ल्ड कपपछि वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविड़ले पद छोड़्ने छन् अनि बीसीसीआई-ले पनि आउँदो प्रशिक्षक भारतीय नै हुने स्पष्ट संकेत दिएको छ।