पानीट्याङकीबाट मर्फिन सहित युवक पक्राउ

Capture1-1.png

खोरीबारी: भारत-नेपाल सीमा इलाका अन्तर्गत खोरीबारीको पानीट्याङ्कीबाट ३५ ग्राम मर्फिन सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम मुकुल राय हो। तिनी पानीट्याङ्कीको गौरसिंह जोत निवासी हुन्। प्राप्त जानकारी अनुसार शुक्रवार गोप्य सूचना पाएपछि एसएसबी-को ४१औ बटालियनका जवानहरूले खोरीबारीको पानीट्याङ्की संलग्न प्रसादु जोत मोडमा एकजना युवकलाई हिरासत लिए। छानबिन गर्दा उक्त युवकको बाट ३५ ग्राम मर्फिन उद्धार गरेपछि तिनलाई पक्राउ गरे। यसपछि एसएसबी-का जवानहरूले आरोपीलाई खोरीबारी पुलिस थानाको हातमा सुम्पिदिए। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्र अनुसार आरोपी युवकलाई खोरीबारी पुलिसले यसभन्दा पहिला पनि ड्रग्ससहित पक्राउ गरेको थियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement