गान्तोक: नाम्ची जिल्लाका सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर दोस्रो चरणको रेन्डोमाइजेसन कार्यक्रममा नाम्ची जिल्लाको जिला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। यी सबै कार्यक्रमहरू नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेको उपस्थितिमा सम्पन्न भएको थियो भने यस अवसरमा पोकलोक कामराङ, नामथाङ रातेपानी निर्वाचन क्षेत्रका जनरल अबजर्भर गिथा, विवक पदम सिंह, मल्ली, बर्फुङ निर्वाचन क्षेत्रका काउन्टिङ अबजर्भर संगिता लाल, राङगाङ याङगाङ निर्वाचन क्षेत्रको निम्ति काउन्टिङ अबजर्भर लक्ष्यमामा र नाम्ची सिङ्गिथाङ, तिमी नाम्फिङ निर्वाच क्षेत्रका निम्ति वरिष्ठ पुलिस अधिक्षक लगायत अन्य अधिकारीहरू पनि रहेका थिए। उक्त कार्यक्रम पछि अधिकारीहरूले नाम्ची जिल्लाको सरकारी महाविद्यालयमा स्थापित गरिएको मतगणना केन्द्रको निरीक्षण गर्दै त्यहाँको सम्पूर्ण प्रवन्धनबारे जानकारी लिएका छन्।